रौतहटको गौरमा बिकासको लहर,मुहारै फेरिने मेयरको प्रतिबद्धता
Advertise Here Book Now

रौतहट, चैत २२ गते ।
 रौतहट जिल्लाको गौर नगरपालिकामा बिकास कार्यमा तिब्र रुप लिन थालेका छन । अाउने दिनमा गौर नगरपालिकाको मुहारै फेरिने मेयर अजय कुमार गुप्ताले प्रतिबद्धता व्यक्त गरेका छन।  रौतहट जिल्लाको गौर नगरपालिकाको नगर क्षेत्रभरी सघन सहरी बिकास कार्यक्रमको बजेट र नगरपालिकाका आर्थिक  बजेटका अधारमा धमाधम सडक र नाला निर्माण कार्य अघि बढेको छ। यस भन्दा पहिला टुटे फुटेका सडकहरुलाई मर्मत गरेका थिए।सघन सहरी बिकास कार्यक्रम अन्तर्गत रौतहटको गौर नगरपालिका नगर क्षेत्र भरी बस्ती भएको ठाउँमा दुवै तर्फ नाला बाटो र बस्ती नभएको ठाउँमा मात्र सडक बनाउने र नालाको ठाउँ छोड्ने मेयर गुप्ताले जनाएको छ।गौर नगरपालिका नगर क्षेत्र भरी रहेको बाटोको चौडाइ ९ मिटर देखि सुरु भएको छ । नगरपालिकाका बजेटमा उपभोक्ता समिति बनाई बाटो र नालाको काम गर्ने मेयर गुप्ताले जनाएको छ भने बाटोको पिसिसि ठलानमा छड दिई ढलान गर्ने जनाएको छ।सो नाला बनाउनुका साथै सकेसम्म ढक्कन पनि राखिने छ। उपभोक्ताले लिएको निर्धारित योजनाहरुको निर्माण कार्य समयमै सक्ने विश्वास व्यक्त गरे ।गौर नगर क्षेत्र भरी कम्तीमा बारुनियन्त्रण गाडी अावत जावत गर्ने जस्तो बाटो बनाउने  मेयर गुप्ताले जनाएको छ। गौर नगरपालिका भरी अाफ्नो पालामा बाटो नाला निर्माणको साथ-साथै शिक्षा स्वास्थ्यमा बिशेष ध्यान दिने मेयर बरबरियाले बताउनुभयो । गौर नगरमा अाउने दिनमा बिकासकै माध्यमले गौरको मुहारै बद्लने निश्चित छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्