मिथिलाञ्चलमा आज जुडशितल पर्व मनाइँदै
Advertise Here Book Now

वैशाख २ – नयाँ वर्षलाई स्वागत गर्दै मिथिलाञ्चलमा आइतबार जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको असरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले  आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाइन्छ ।
वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ । जुडशितल पर्वमा मिथिलाञ्चलमा होली पर्व जस्तै हिलोपानी पनि खेल्ने चलन छ । आइतबार बिहान जनकपुरको गंगासागरको किनारमा स्थानीय बुद्धिजिवीले हिलोपानी  खेलेका छन् । लोप हुँदै गएको हिलोपानी खेल्ने परम्परा एवं सँस्कृतिलाई बचाउन कार्यक्रम आयोजना गरिएको सरसफाई अभियन्ता एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताउनुभयो । यस्तै जुडशितलको एक दिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । आइतबार मिथिलाञ्चलको घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहि आएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्