सिरहाको लक्ष्मिनियामा महिलालाई सिलाई कटाई तालीम
Advertise Here Book Now





दिलीप सहनी
सिरहा , बैशाख १ । सिरहा नगरपालिका लक्ष्मिनियामा महिला लक्षित कार्यक्रम अन्तर्गत सीलाई कटाई तालिम आजबाट सञ्चालन भएको छ । सिरहा नगरपालिका वडा नम्बर १८ लक्ष्मिनिया वडा कार्यालयले कार्यक्रम सञ्चालन गरेको हो ।
महिला लक्षति गरी सिपमूलक तालिम अन्तर्गत लक्ष्मिनिया वडा भरिका लक्षित वर्गका महिललाई समेट्दै १६ जना महिलाहरुको सहभागीतामा  तालीम सञ्चालन भएको वडा नम्बर १८ का वडा अध्यक्ष रामसोगारथ यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार सिलाई कटाई तालीम सिकाउन १६ थान सिलाई मेसीन र आवश्यक अन्य समाग्रीह हरुको व्यबस्था गरी तालीम सञ्चालन भएको उनले बताए ।
नयाँ वर्षमा समृद्धि तर्फको सिरहा नगरपालिका आजबाट पहिलो पाइला टेकिएको कार्यक्रमका प्रमुख आतिथ्य गरी रहनु भएकी सिरहा नगरपालिका सिरहाकि उपमेयर डा. नामित यादवले भनिन् । सँगै नयाँ वर्ष २०७५ सालको सम्पूर्ण नगरवासिलाई शुभकामना ब्यक्त गर्दै बाँकी अन्य सबै वडाहरुमा छिटै कार्यक्रम सञ्चालन गर्ने र महिलाहरुलाई लक्षित हुने गरी अन्य कार्यक्रमहरु पनि सञ्चालन हुने प्रतिबद्धता ब्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्