बालअधिकार सुनिश्चितताको लागि सरकार प्रतिबद्ध ः मुख्यमन्त्री राउत
Advertise Here Book Now


जनकपुरधाम, जेठ ९ । मुख्यमन्त्री लालबाबु राउतले बालबालिकाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ।
समाजिक विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको बालबालिकाको अधिकार सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मुख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
बालबालिका मुलुकका कर्णाधार रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उनिहरुको अधिकार सुनिश्चित नगरे सम्म मुलुक र प्रदेश समृद्ध हुन नसक्ने भएकाले समेत प्रदेश सरकार बालबालिकाको अधिकार सुनिश्चितताको लागि हरेक कदम उठाउन तैयार रहेको बताउनु भयो । विगतका संविधान र ऐन कानूनका साथै हालको संविधानले समेत बालबालिकाको अधिकार सुनिश्चित गरेपनि फितलो कार्यान्वयन पक्षका कारण अपेक्षित उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्नु हुँदै उहाँ अगामी दिनमा ऐन कानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारको तर्फ बाट गराउने बताउनुभयो ।
उहाँ भन्नु भयो , जिम्मेवारी हाम्रो काँधमा आएको, सबैलाई मिलेर अगाडी बढनु पर्दछ , अनि मात्र समृद्ध प्रदेश र सुन्दर भविष्यको परिकल्पना गर्न सक्दछौ ।’
अन्य प्रदेशको तुलनामा यस प्रदेशमा बालबालिका अवस्था बढी नै दयनिय रहेकाले प्रदेश सरकार शुरु देखीनै बालबालिकाको अधिकारलाई प्राथमिकतामा राखेर अघि बढेको समेत उल्लेख गर्नु भयो । त्यसकै फलस्वरुप प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ योजना समेत ल्याएको उहाँको भनाई थियो ।
बालबालिको अधिकारको क्षेत्रमा काम गर्नेहरुनै बालश्रम बढी प्रयोग गर्ने गरेको उल्लेख गर्दै उहाँले कानूनको प्रभावकारी कार्यान्वयन गरेर त्यस्त प्रवृतिलाई निरुत्साहित गर्ने आफुहरुको पहिलो प्राथमिकता रहेको समेत बताउनु भयो ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, मन्त्री परिषदका प्रमुख सचिव हरि प्रसाद फुयाल, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत, उपसभापति दिपक झा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता झा, सहितकोउपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बाल अधिकारको सम्मान, संरक्षण र परिपुर्तिका लागि प्रदेश सरकार विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने समाजिक विकास मन्त्रालयका सचिव डा. किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनको लागि भविष्यको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्