सुरुंगा नगरपालिका विकासतर्फ लम्किदै, मदिरा र डिजे विरुद्ध अभियान
Advertise Here Book Now

दिनेश्वर गुप्ता  नवसंग्राम दैनिक लहान, ९ जेठ । सुरुंगा नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथ निर्माणमा लागेको छ । नगरपालिकाभित्र रहेको वडाहरुलाई जोड्न लगभग २५ किलो मिटरको चक्रपथ निर्माण कार्य जारी रहेको मेयर मुक्तिनाथ चौधरीले जनाएको छ । उक्त चक्रपथमा यो बर्ष माटो र ग्राभेलको काम सकिने र आउंदो बर्षमा ढलान र रोलिगं कार्य गर्ने उहां मेयर चौधरीले बताउंनुभयो । यता, ११ वटै वडामा ३० फिट र २० फिट चौडाई हुने गरी व्यवस्थित सडक निर्माण समेत गर्न थालिएको छ । यस्ता सडक निर्माणमा यस बर्ष ७ करोडको लागतमा काम भइरहेको प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।
सडक निर्माणका साथै सुरुंगा नगरपालिकाले गाउं टोलमा विजुलीवती पुर्याउंन २ करोडको बजेट लगाएको छ । मेयर चौधरीले विकास लक्ष्य पूरा गर्न जनताले मलाई मेयर बनाएको हो । यसैले जनताको माग पूरा गर्न विकास निर्माण कार्यमा अलिकति पनि पछाडि नहट्ने उहां बताउंछन् । सडक निर्माणपछि सुरुंगा नगरपालिका दुरदराजमा रहेका जनता आयआर्जन, रोजगारी, उच्च शिक्षा, स्वास्थ्य जस्ता समस्याबाट निराकरण पाउंने छन् । प्रत्येक घरको अगाडि एम्बुलेन्स पुग्ने गरी सडक निर्माण थालिएको छ । 

सामाजिक विकृति विरुद्ध अभियान

मदिरा सेवन गरेर घरेलु हिंसा हुने गरेकोले यस्ता क्रियाकलापलाई रोक्न सुरुंगा नगरपालिकाले अभियान नै चलाएको छ । अभियान अन्तरगत नगरक्षेत्रमा बेलुका साढे ८ बजेभित्र मदिरा पसल बन्द गर्नुपर्ने प्रावधान तयार गरेको छ । मदिरा सेवन गरेर बाटोघाटो होहल्ला गर्ने दर्जनौलाई सचेत गराउंदै कारवाहीतर्फ लगिएको छ । अभियानलाई निरन्तरन्ता दिंदै भविष्यमा मदिरा निषेधित क्षेत्र घोषण गर्ने योजना लिएको छ । समाजिक वतावरणलाई मध्यनजर गरी सुरुंगा नगरपालिकाले अहिलेसम्म डिजे बजाउंने तीन जनालाई कारवाही गरिसकेको छ । कारवाही स्वरुप जनही एक एक हजार जरिवना काटिएको हो । डिजे निषेधित क्षेत्र घोषणा गर्न आवश्यक तयारी भइरहेको छ भने वातावरण स्वच्छ राख्न नगरपालिका अभियान जारी राखेको छ । शान्ति सुरक्षाको लागि नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गरिने भएको छ । सोलार बती जडानको योजना समेत रहेको छ ।

शैक्षिक सुधार 

सुरुंगा नगरपालिकाभित्र रहेका हरेक बालबालिकालाई स्कूलसम्म पुरयाउंन भर्ना अभियान तिब्र पारेको छ । जेठभित्र हरेक बालबालिका विद्यालय भर्ना गराइहाल्ने योजनाबद्ध अभियान समेत चलाएको छ । विद्यालयमा शिक्षक अनुपस्थिति र उपस्थितिको लागि इलेक्ट्रोनिक हाजिरी गराउंन थालेको मेयर चौधरीले बताउंनुभयो । विद्यालयमा विद्या र कार्यक्रमको लागि पूर्व तयारीको निम्ति शैक्षिक क्यालेन्डर नै प्रकाशन गरिसकेको प्रशासकीय अधिकृत राजकुमार दासले बताउंनुभयो । जनताको माग अनुरुप सुरुंगा नगरपालिकाभित्र चाडै इन्जिनियरिगं कांलेजको स्थापना गरिने भएको छ ।

स्वास्थ्य 

 जनताको सेवा सुविधाको लागि सुरुंगा नगरपालिकाले समयमा खोप र स्वास्थ्य शिविरहरु संचालन गर्ने भएको छ । दर्जनौ स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिसकेको स्वास्थ्यकर्मी भुषण सुनरैतले जानकारी दिनुभयो ।

पर्यटन 

धार्मिक पर्यटकीय विकासको लागि विषनहरीमा २८ लाखको योजनामा काम भइरहेको छ । जसमा पिकनिक स्पोट, वोटिगं, विश्रामस्थललगायत धार्मिक पर्यटनको लागि विकासलाई निरन्तरन्ता दिएको छ । गाउंठाउंलाई हराभारा बनाउंदै हरित नगरको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ । अनुगमन ः विकासलाई तिब्र पार्न स्वच्छ  वातावरण र विशुद्ध पानी तथा पूर्ण खुला दिशामुक्त क्षेत्र घोषणाको लागि ‘हरेक विकासमा जनप्रतिनिधिको पाईला’ नारा दिंदै दोहोरो अनुगमनमा लागेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्