आमाचकारी गाली गर्दै प्रहरीले मजदुर कुटे
Advertise Here Book Now

विरु यादव । नवसंग्राम दैनिक लहान, ९ जेठ । प्रहरीले विना कसुर कुटपिट कसैलाई गर्दा समाजमा वितृष्णा जाग्छ । यसमा पनि मजदुरसंग पैसा माग गर्दै विभेदपूर्ण शैलीमा कुटपिट गरी आमाचकारी गाली गर्नु प्रहरीको नियत के होला ? आज लहानमा यस्तै भएको छ । लहान नगर प्रहरी चौकीका एक सईले दिउंसो ४ बजेतीर ३ हजार रुपैयां माग गर्दै सप्तरीको राजविराज ९ बस्ने देवनारायण यादवलाई बुटले हिर्काउंदै आमाचकारी गाली गरेका छन् । पीडित यादवले भने ‘तिमीहरु यत्रो दिन यहां काम गरियो पैसा तिर्नुपर्छ ।’ ‘ठकेदारसंग कुरा गर्नु म कहांबाट पैसा दिनु हजुर ।’ ‘यति नभन्दै आमाचकारी गाली गर्दै कुटपिट गरेको छ ।’‘मधेशी भन्दै गल्हथियाउंदै बाहिर धेकेदियो ।’ देवनारायण लहान ७ स्थित सडक कार्यालय कम्पाउण्डभित्र ६ महिनादेखि मालपोतको भवन निर्माण गर्न मजदुरी गर्दैछन् । त्यहां दश जना मजदुर काम गर्दै आएका छन् । भवन निर्माणको ठकेदार सन्तोष दास हुन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्