‘आफु सेलेबेट्री हुं ? , भन्सार प्रमुख हमालको आक्रोश
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान १८ जेठ । नेपाल पत्रकार महासंघ सिरहाले जिल्ला भन्सार कार्यालय माडर सिरहाका कार्यालय प्रमुखलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुखलाई जेठ १८ गते सार्वजनिक मुद्दाको निवेदन दिएको छ । भन्सार प्रमुख राजेन्द्र हमालले सूचना माग्न पुगेका पत्रकार गणेश साह र सन्तोष यादवलाई दुव्र्यवहार गरेको भन्दै महासंघले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्तीसहित सार्वजनिक मुद्दा दिएको हो । महासंघ सिरहा अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताको नेतृत्वमा गएको पत्रकार टोलिले प्रशासनलाई सो कारवाहीलाई माग गरेको बुझिएको हो । निवेदन दिने क्रममा जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले छलफलको लागि भन्सार प्रमुख हमाललाई बोलाएका थिए । आधा घण्टाभित्र आएका भन्सार प्रमुखको फोटो पत्रकारहरुले खिच्दा उनले ‘म सेलेबेट्रि हुं ?’ ‘चारैतीरबाट फोटो खिच्दैछन् ।’ उनले ब्यंग गरेका थिए । छलफलको क्रममा प्रमुख हमालले आफु पत्रकारहरुलाई केही नगरेको जिकिर गरेका थिए । ‘आफु दुधले धोएको हुं ।’ भन्दै सिडियोलाई विश्वास दिलाउंन खोजेका थिए । तर, घटनाको रेकर्ड मोवाईलमा रहेकोले पछि प्रमुख हमाल मौन बसे । प्रमुख हमाल पटक पटक झुठो बोलेपछि कारवाही अगाडि बढाउंने भन्दै सिडियो पण्डितले छलफल समापन गरेका थिए । छलफल सकिएपछि प्रमुख हमालले सिडियोसंग छुट्टै कुरा गर्न चाहे । तर, सिडियो पण्डितले गोप्य कुरा गर्न मानेन् । जेठ १३ गते पत्रकारद्धय साह र यादव भन्सार कार्यालयमा रिर्पोटिंग गर्न जांदा उनीहरुको क्यामरा र यसमा लाग्ने मेमोरी फुटाइदिएको छ भने पत्रकारहरुलाई कुटपिटको प्रयास गरेको थियो । यसअघि पत्रकार सुरेन्द्र कामती र बद्रीनारायण यादवलाई रिर्पोटिंगको क्रममा भन्सार प्रमुख हमालले दुव्र्यवहार गरेको आजको छलफलमा खुलेका थिए । प्रमुख हमाल छलफलमा समेत पाखण्डपनको ध्वांस देखाएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्