सप्तरीमा एक महिला माथि आक्रमण , प्रहरीको फोन उठेन
Advertise Here Book Now

मनोज बनैता, सप्तरी, ३१ जेठ । सप्तरीको बलान बिहुल गाउपालिका वडा न. १ मा एक महिला माथी साँघातिक हमला भएको छ । मलहनिया बढ्की टोल स्थित दलित समुदाय को एक महिला चानो देवी राम माथी त्यहीँको केहि ब्यक्तिहरु ले ज्यानै लिने गरि हमला गरेका छन । जग्गा सम्बन्धि विवाद ले गर्दा मल्हनिया का राम सेवक राम, मोतिया राम, मदन राम, धनेश्वरी राम र मन्जु राम मिलि सामुहिक रूपमा बिहिवार दिउँसो ४:३० बजे चानो देवी राम लाई मर्नेगरी कुटपिट गरेका छन । प्रत्यक्षदर्शी का अनुसार उक्त समूह बनाई आएका हरुले पहिला चानो देवी को घाँटीमा रहेको आधा तोलाको मङ्गलसुत्र खोसेका थिए । मङ्गलसुत्र खोसिसकेपछी भाटा र मुढकी ले घाँटीमा हिर्काएका थिए । चानाे देवी राम वेहाेस अवस्थामा पुगेपछि मात्र उनलाई छोडिएको थियो । घटना पस्चात चन्ही स्थित प्रहरी चौकीमा फोन गर्दा प्रहरी ले कुनै वास्ता नगरेको गुनासो छ । एक स्थानिय जयनारायण रामको अनुसार पछि चन्ही थाना का ईन्चार्ज पन्कज सिंह ले फोन समेत उठाउन छाेडेका थिए । घाईते रामको घरपरिवारमा कोई सदस्य नभएको अवस्थामा उनलाई स्थानियले लाहान स्थित त्रिशक्ति हेल्थ केयर प्रा. लि मा पुर्याएका थिए । उनको उपचार भईरहेको खबर छ । अस्पताल को स्रोत अनुसार घाईते रामको शारीरिक अवस्थाको बारेमा अहिले केही भन्न सक्ने अवस्था छैन । टाउकोमा अत्यधिक चोट लागेको हुनाले अवस्था गम्भीर भएको बताईएको छ । चानो देवि राम स्थानीय चुनावमा स्वतन्त्र बाट गा.पा उपाध्यक्ष कि उम्मेदवार थिईन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्