खानेपानी नियमित गर्न जोड, राजपाका लहान नगर अध्यक्ष आलमको नेतृत्वमा खानेपानी घेराउ
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १ असार । लहानमा खानेपानीको अनियमित सप्लाएभएपछि उपभोक्ताहरु आक्रोशित भएका छन् । खानेपानी संस्थान लहानले करिब एक सत्तादेखि नियमित पानी नदिएपछि उपभोक्ताहरु मारमा परेका छन् । उपभोक्ताहरुको मध्यनजर गर्दै राष्ट्रिय जनता पार्टी लहान नगर कमिटीका अध्यक्ष महमुद आलमका नेतृत्वमा आज खानेपानी नियमित गर्न सयौको संख्यामा उपभोक्ताहरुले कार्यालय घेराउ गरेका छन् । करिब एक घण्टासम्म घेराउ गर्दा खानेपानी संस्थानका प्रमुख विनोद मिश्रले सम्झौतामा आएका छन् । राजपा नगर अध्यक्ष आलम र स्थानीय भद्रभलादमीका ६ जनाको वार्ता टोली र प्रमुख मिश्रबीच नियमित खानेपानीको व्यवस्था गर्न सहमती भएको छ । सहमती अनुरुप चाडपर्वको बेला विहान बेलुका र दिउंसो गरी तीन समय धारामा पानी दिने प्रतिबद्धता गरेको छ । आवश्यकता अनुसार विहान बेलुका दूई दूई घण्टा धारामा पानी उपलब्ध गराउंने प्रमुख मिश्रले प्रतिबद्धता जनाएको छ । लोडसेडिंगमुक्त नेपाल घोषणा गरेपनि केही दिनदेखि लहानमा विजुली पटक पटक काटिने भएकोले उपभोक्ताले आवश्यकता अनुरुप पानी प्रयोग गर्न नपाउंने गरेको छ । विहान बेलुका एक घण्टा धारामा पानी दिने गरेकोले त्यही बेला विजुली काटिएको हुन्छ स्थानीय उपभोक्ता गोपाल गुप्ता बताउंछन् । उनले भने ‘एक घण्टामा नगरपालिकाभरीको पाइपमा पानी पुग्न नै लाग्छ । अनि टंकीमा पानी चढ्न नसकेर उपभोक्ताहरु समस्यामा पर्ने गर्छन् ।’ गर्मीको सिजनमा पानीको अधिक माग हुने गरेको छ । यसलाई मध्यनजर गर्दै वार्तामा बसेका राजपा नगर अध्यक्ष आलमले भने ‘आवश्यकता अनुरुप दूई घण्टा धारामा पानी उपलब्ध गराउंन समेत सहमति भएको छ ।’ ‘धारामा दुषित आउंने गरेकोले यसप्रति समेत सचेत गराएका छौ ।ं’ तीन दिनदेखि लहानमा नियमित धारामा पानी नआएकाले उपभोक्ताहरु नुहाउंन धुउन, पिउंन र सरसफाईबाट बंचित हुंदै आएको थियो । विशुद्ध पानीको लक्ष्य लिएर खानेपानी संस्थानले पानी वितरण गरिरहेको भएपनि कहिलेकाही लेदो र माटो मिसिएको पानी समेत धारामा आउंने गरेकोले उपभोक्ताहरु रोगको सिकार हुने गरेको छ । गर्मीमा यसको प्रकोप बढ्दो छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्