यातना पिडित सहयोगार्थ अन्तराष्ट्रिय दिवसको अवसरमा लहानमा प्रभातफेरि
Advertise Here Book Now
सिरहा, १२ असार । यातना पिडित सहयोगार्थ अन्तर्रािष्ट्रय दिवसको अवसरमा लहानमा प्रभात– फेरि गरिएको छ । सिरहाको लहानमा मानव अधिकारकर्मीहरुले राज्यले विभिन्न बहानामा नागरिकलाई यातना दिने गरेको हुनाले सो यातनाको बिरुद्ध पिडितलाई न्याय दिलाउने उद्देश्यले तराई मानव अधिकार रक्षक संजालले आज (मंगलबार) प्रभात फेरि गरेको हो ।

मानव अधिकारकर्मी रेणु कर्णले यातना बिरुद्ध पिडित आफै अग्रसर भएमा राज्य स्वयम् गम्भीर भई यातनामा न्यूनीकरण हुने बताए । सिरहा मानव अधिकार रक्षक संजालको समन्वयमा भएको कार्यक्रमको सन्चालन अध्यक्ष चदन कर्णले गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकर महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ता, ईन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, संजालका सचिव राम नारायण पण्डित, समग्र जन उत्थान केन्द्रका कार्यक्रम संयोजक देवराज पोखरेल, अधिकारकर्मी मुकेश यादव, महेश सिह र तन्जिला खातुन लगायतहरुको उपस्थिति रहेको थियो ।