तस्करहरुक मालसमान समात्न सुरु गर्दा प्रहरी संगठनलाई नै बदनाम गर्दै तस्करहरु।
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।अाषाढ १२। रौतहट जिल्लामा प्रहरी उपरीक्षक रबिन्द्र केसीले कमाण्ड लिएपछि दिन प्रतीदिन तस्करीमा ठूलो सफल्ता मिल्न थालेका छन। भारत बिहार बजारबाट भन्सार छलिका समानहरु रौतहट ल्याउन साथ प्रहरीले तुरुन्तै ती भन्सार छलिका समानहरु पक्राउ गरि भन्सार बुझाउने कार्य अहिले तिब्र गतिमा बढ्न थालेका छन। ठुल-ठुला परिणाममा तस्करीका मालसमान पक्राउ भएपछि तस्करहरुले प्रहरी संगठनलाई नै बदनाम गर्न थालेका छन। यस बिषयमा प्रहरी निरीक्षक मनोज यादव संग कुराकानी गर्दा उनले भने तस्करहरु जति कराअोस हाम्रो संगठन छाड्ने छैन, हाम्रो संगठनबाट  ठाउँ ठाउँमा चेकजाँच भईरहेको छ। गए राति चेकजाँच गर्ने क्रममा रौतहट जिल्लाको गौरमा रहेको नयाँ बसपार्कबाट काठमाडौं जाने अवतार बसबाट बाथरुम सेट ३ पोका लगभग १ लाख मूल्य बराबरको समातेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएको छ। केही दिन पहिला भन्सार छलिका १६१ थान पारा र भैंसी पक्राउ भएको थियो। सो पोका राजपुर चौकबाट बसमा लोड गरेको प्रहरीले जनाएको छ। कुनै पनि अबैध समान रौतहट अाएपछि सुचना मिल्न साथ छाड्ने छैन। पहिलाको तुल्नामा अहिले रौतहटमा तस्करीमा कमि भएको र खुल्ला सिमाना भएको कारण अलि हामीलाई अफ्ट्यारो भईरहेको प्रहरी निरीक्षक यादवले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्