घरेलुहिंसा न्युनिकरण गर्न अभिमुखिकरण
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा,२२ जेष्ठ । मिर्चैया नगरपालिका बडा नं. २ मल्हनियाँखोरीमा दलित, जनजाति युवायुबतीहरुलाई लक्षित गरी घरेलुहिंसा, बालबिबाह र बहुबिबाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न आज गरिएको छ । समाजमा बिद्यमान रहेका घरेलुहिंसा, बालबिबाह र बहुबिबाह न्युनिकरण गर्ने उदेश्यले एक दिने अभुमुखिकरण कार्यक्रम गरिएको सनराईज सामुदायिक बिकास केन्द्र मल्हनियाँखोरीका अध्यक्ष घनश्याम श्रेष्ठले बताए ।
मिर्चैया नगरपालिकाको आर्थिक सहयोग र सनराइज सामुदायिक बिकास केन्द्र मल्हनियााँखोरीको आयोजनामा संचालन गरिएको कार्यक्रममा सय जना युबायुबतिहरुको सहभागिता रहेको आयोजकले जनाए । संस्थाका अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल र बडा नं. २ का बडा अध्यक्ष धनिकलाल यादब लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधा श्रेष्ठ र शम्भु श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
34596898_1695411453911819_4249324210393972736_n

34473955_1695418487244449_5708178537597370368_n

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्