सिरहा मानवअधिकार रक्षक संजाल गठन
Advertise Here Book Now

राम नारायण पण्डित सिरहा, २१ जेष्ठ । समाजमा भईरहको विभिन्न खाले मानव अधिकारसंग जोडिएका घटनाहरुलाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय र सुदृढीकरणका लागि तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) को रोहबरमा सिरहामा ११ सदस्यीय सिरहा मानवअधिकार रक्षक संजाल आज (सोमबार) गठन गरिएको छ । सिरहाको लहानमा थर्ड एलायन्सको पहलमा भएको भेलाबाट चन्दन कुमार कर्णको संयोजकत्वमा गठन गरिएको संजालको सह–संयोजकमा रिक्मा विश्बकर्मा र सचिवमा राम नारायण पंडितलाई चयन गरिएको छ । सदस्यहरुमा मुकेश कुमार यादब, महेश सिंह, तन्जिल खातुन, गीता साह, मोहन पासमान, शान्ति पासमान, संजय बिश्बकर्मा र दिलिप सहनी रहेका छन् ।
थर्ड एलायन्सका प्रदेश २ का संयोजक रन्धिर चौधरीले समाजिक न्याय तथा सदृढिकरणका लागि स्थानीय समुदायलाई अधिकार र कर्तव्य बारेमा सचेतना दिलाउन थर्ड एलायन्सले विभिन्न जिल्लामा संजाल गठन गरिरहेको बताए । उनले मानव अधिकार उल्लंघनका घटनाहरुको सुक्ष्म तरिकाले अनुगमन गरी राज्यलाई जवाफदेही बनाउन संजालले प्रभवकारी भुमिका खेलोस् भन्दै शुभकामना समेत ब्यक्त गरे । त्यस्तै मानवअधिकार अधिकृत किरण कुमार कर्णले थर्ड एलायन्सले तराई मधेश लगायत विभिन्न जिल्लामा मानवअधिकार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र नवगठित संजालले झन् प्रभावकारी ढंगले नागरिकको अधिकार दिलाउनको लागि अग्रसरता लिने बताए । मानब अधिकार अधिकृत अर्जुन साहले मानवअधिकारको उल्लंघन वा हनन लगायतका घटनालाई उजागर गर्दै पिडित पक्षको न्यायको लागि वकालत गर्न संजाल तयार रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्