लहानबाट बंगलादेश चामल जान्थ्यो, मधेशमा कृषि उत्पादन कमजोर
Advertise Here Book Now

रामसेवक महरा लहान,३ असार । केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले खाद्य अधिकार परियोजनाको अद्र्ध वार्षिक प्रगति समिक्षा आज सम्पन्न गरेको छ । कार्यक्रमका सभाध्यक्ष महासंघको केन्द्रिय अध्यक्ष उद्धव अधिकारीले गरेका छन् भने प्रमुुख अतिथी लहान नगरपालिकाका मेयर मुनि साहले गरेका छन् । प्रमुख अतिथी साहले ‘आज ५० बर्ष अघि म बालिक हुंदा लहानमा संकलित धानको चामल बंगलादेश जान्थ्यो ।’ ‘आज खाद्यान भारतबाट आइरहेको छ ।’ ‘मधेशको खेती कमजोर भएकोले उत्पादनमा कमि आएको हो ।’‘ पहिलेको अवस्थामा ल्याउंन म लहानको अधिकांश वडालाई कृषि पाकेट क्षेत्र घोषणा गरेको छु ।’ ‘यसमा यहांहरुको सहयोगको खाचो छ ।’ सो कार्यक्रममा बताउंनुभयो । यसैगरी, अतिथीहरु बेल्का नगरपालिकाको उपमेयर राजकुमारी चौधरी, भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादव, कल्याणपुर नगरपालिकाको उपमेयर रोहनी यादव, नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता,कर्जन्हा नगरपालिकाको उपमेयर ज्ञानु श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालय सिरहाको वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव, लहान नगरपालिका वडा नः ९ को अध्यक्ष तथा कृषि संयोजक प्रदिपकुमार चौधरी, लहान कृषि विकास शाखाको प्रमुख प्रकास साह रहेका थियो । कार्यक्रममा महिला पुरुष गरी ५८ जनाको सहभागीतामा यो कार्यक्रम गरिएको हो ।
खाद्य अधिकार परियोजनको वार्षिक प्रगति समिक्षाको लक्ष्य उदेश्यको बारेमा केन्द्रिय कार्यक्रम संयोजक केदार कोईरालाले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रशासनिक तथा वित अधिकृत रविना महर्जन–कार्यक्रमको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । सिरहा, उदयपुर र ओखलढुङ्गाको प्रस्तुतीकरणपछि केन्द्रिय महासंघका अध्यक्ष उद्धव अधिकारीद्धारा गरेका प्रगति,मुख्य उपलब्धि प्रस्तुत गर्नु भएको थियो । लहान नगरपालिकाका कृषि संयोजक प्रदिप चौधरीले पर्तीपरात जग्गा खाली नराखी कृषि नीतिमा सुधार गर्दै करार खेतीको विस्तार गर्ने योजना बनाई प्राथमिकताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
कर्जन्हा नगरपालिका उप–मेयर ज्ञानु श्रेष्ठ र कल्याणपुर नगरपालिका उप–मेयर रोहनी कुमारी यादवले पहिले खेती गर्ने वातावरण रहेको थियो तर हालमा यो राजनैतिक परिर्वतनको कारण कृषिमा सकरात्मक परिवर्तन हुन नसकेको अवस्था रहेको छ । त्यसैले म सबै वडामा वडा अध्यक्षहरुलाई महिला मैत्रि कृषि प्राणलीमा अधारित योजना ल्याउन निर्देशन दिएको छु । कृषक समुह र कृषकहरुलाई प्राथमिकतामा राखी कृषि कार्यक्रम कर्जन्हा नगरपालिकाको अगाडी बढाउने । यसरी यो कार्यक्रम गरेर हामी जन प्रतिनिधिहरुलाई आँखा खोलिदिएको महासंघलाई ह्दयदेखी धन्यवाद दिन्छु बताइन् ।
बेल्का नगरपालिकाका उपमेयर रामकुमारी चौधरीले महासंघ प्रत्येक स्थानीय तहमा लागु भई किसानको पक्षमा काम गर्नुपर्छ । साना महिला किसानको सावलमा जसरी पहुँच पुर्याएर काम गर्नु भएको छ त्यसरी नै अरु वडा तथा न.पा.र गा.पा.मा पैरवी र सचेतिककरणको काम गर्नुपर्छ । किसानको वर्गिकरण सहितको किसान पहिचान पत्रको व्यवस्था गर्नु पर्छ बताइन् । दिक्ष घिमिरे सिद्धिचरण नगरपालिका उपमेयरले–यो ३ वटा जिल्लामा महासंघले गरेको कामहरु उदाहणीय भएको हुनाले स्थानीय तहका जन प्रतिनिधहरुले धन्यावाद दिनु पर्छ ।
उनले स्थानीय तहमा कर्मचारीहरु कुर्सीमा बसेर मात्र कृषि क्षेत्रमा विकास हुदैन । त्यसको लागि साना महिला किसान,सिमान्तकृत वर्ग र पहँुच नपुगेको साना महिला किसानको सवालमा रहेर योजना बनाई कृषि क्षेत्रको सम्भावित जमिनको संरक्षरण गरी व्यवसायिक तरिकाबाट खेती गरी स्वदेशीमै युवा पुस्तालाई रोजगारको ग्यारेन्टीको सुनिश्चिता बनाउनु पर्ने कर्तव्य पालन गर्ने कुरा कहिलै जन प्रनिधिहरुले छोडनु हुदैन बताइन् । शिक्षक तथा पत्रकार जिवछ यादवले देश खाएर शेष भएकाहरुले किसानको पक्षमा आवाज र काम गर्ने बेला भएको बताए ।
महासंघको केन्द्रिय अध्यक्ष उद्धव अधिकारी र सिरहा अध्यक्ष मुक्ति नारायण यादवले ७ सय ५३ वटा स्थानीय तहमा भएको सरकारी तथा गैर सरकारी संस्थाका जन प्रतिनिधिहरुले किसानको लागि सोच्नुपर्ने समय आएको छ । यदि यस बेलामा कृषि क्षेत्रको मर्म नबुझेर काम गर्ने हो भने पक्कै किसानको हित हुदैन । त्यसैले हामी सबै तहका जनप्रतिनिधिहरु समन्वय गरी किसानको पक्षमा काम गर्ने अति आवश्यक देखिएको बताए । कार्यक्रम संचालन केन्द्रिय सचिव राम हरी शर्माले गर्नु भएको छ भने कार्यक्रमको समापन सभाध्यक्ष उद्धव अधिकारीले गर्नु भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्