‘माग पुरा नभए राजपा आन्दोलनमा जाने निश्चित छ ’
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १ असार । आउंदो बैठकबाट संसदीय दलको नेता चयन गर्ने भन्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीभित्र कुनै विवाद नरहेको बताउंनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा सिरहाको चोहर्वामा आज महतोले असार ४ गतेदेखि हुने राजनीतिक समितिको बैठकले संसदीय दलको नेता चयन गर्ने दावी गर्नुभयो । महतोले संविधान संशोधनलगायत सयौ झुठा मुद्दा र जनताले प्रमाणपत्र दिईसकेको तर सरकारले रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा जान हाम्रो पार्टी ‘स’ पनि उच्चारण नगर्ने बताउंनुभयो ।
हाम्रो क्लियरकट कुरा छ । माग पूरा नभए राजपा आन्दोलनमा जाने निश्चित छ । आन्दोलनको लागि तपाईंहरु तयारीमा लाग्नुस् अध्यक्ष महतो भन्नुभयो ।
गच्छेदार मधेश र मधेशीप्रति गद्दारी गरेर कांग्रेसमा घर फर्किए । उपेन्द्र कम्युनिष्टमा फर्किन सरकारमा गएको हो । अब मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान कल्पना पनि गरेका छैन उहां महतोले बताउंनुभयो । ६ महिना आन्दोलन । सयौ सहिद । हजारौ अपांग । सारा उद्योग धन्दा चौपट । नाकाबन्दी यि सबै मन्त्री बन्नको लागि आन्दोलन नगरेको अध्यक्ष महतो स्पष्ट पार्नुृभयो । कांग्रेस, कम्युनिष्ट र फोरमबाट जनता फ्रस्टेशन भइसकेका छन् । सयौं नेता आएर भन्छन् राजपा विना यो देश नचल्ने भन्दै देश चलाउंनको लागि राजपा नै चाहिन्छ उहांले बताउंनुभयो ।
कार्यक्रममा प्रदेश २ का सांसद मनिष सुमनले कम्युनिष्टहरु शाही सरकार भन्दा पनि शोषक दमनकारी हो । कम्युनिष्ट सरकारको कारण लोकतन्त्र खतरामा छ । वाक स्वतन्त्रता समेत हनन गर्न उनीहरु अघि बढिरहेको छ । पत्रकारसंगको अन्तरवार्ता हुंदा कार्यक्रम नै बन्द गरिएको छ । भोली स्वतन्त्र रुपमा लेख्न फोटो खिच्न समेत बन्देज गर्ने उनीहरु तयारी गरिरहेको उहांले खुलासा गर्नुभयो ।
यस्तो अवस्थामा कम्युनिष्ट सरकार यो देशमा नचल्न दिन आम जनता सडकमा आउंनुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न वाक स्वतन्त्रता नै चाहिन्छ उहां सुमनले बताउंनुभयो । आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौ व्यक्ति राजपामा प्रवेश गरेका छन् । कार्यक्रम राजपाको सिरहा अध्यक्ष रामबहादुर महतोका सभाध्यक्षतामा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्