वैद्यनाथ साहको अगुवाइमा अञ्चल अस्पताल परिसरभित्र सरसफाइ
Advertise Here Book Now


जनकपुरधाम/असार १६
आज शनिबार विहान जनकपुरमा सरसफाइ कार्यक्रम गरिएको छ। दुई नम्बर प्रदेशको राजधानी जनकपुरधामको अञ्चल अस्पतालमा समाजसेवी वैद्यनाथ साहको अगुवाई तथा प्रदेश नम्बर २ का गृहराज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अातिथ्यमा शनिवार विहान सरसफाइ गरिएको छ।

अञ्चल अस्पतालमा विरामीहरुले चेकजाँच गराउन आउदा उनिहरुले प्रयोग गरेको औषधि र समानहरु जताततै फाल्दा वरिपरि फोहोरमैलाहरु थुपारिएकोले त्यहाका वातावरण दुर्गन्धित भैरहदा सरसफाइ गरिएको छ।आजभोलि विरामिहरु लगायत अन्य मान्छेहरु अस्पतालमा आउदा प्रयोग गरेको औसधिको डब्बा,प्लास्टिक,कागजहरुले अञ्चल अस्पताल परिसर भित्र वर्षा आउदा समानहरु कुहिएर दुर्गन्धित हुदा आज विहानै देखि सरसफाइ गरिएको छ।

सरसफाइ कार्यक्रममा प्रदेश नम्बर २ का राज्य मन्त्री श्री सरोज सिंह कुशवाहा,राजर्षि पतंजली योग का गुरू तथा जनकपुर नगरका उपाध्यक्ष पतंजलीका प्रदीप यादब लगायत योग साधक र साधिका समाजसेविअमर चन्द्र अनील,अशहाय संरक्षन मंचका बजरंग ,ध्रबेन्दर,जनक प्रभु दयाल लगायत जनकपुर नगरवासी,पत्रकार,समाजसेवी,उद्धमीहरुको सहभागिता थियो।साथै समाजसेवी एवं सरसफाइ कार्यक्रमका अगुवा विधनाथ साह सरसफाइ कार्यक्रममा आउनु भएको सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्