गोलबजार नगरपालिकामा अनियमिताको गन्ध, राजनीतिक दलहरु सडक तताउंने
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १० साउन । सिरहाको गोलबजार नगरपालिकामा व्यापक अनियमिता भएको आशंकामा राजनीतिक दलका प्रतिनिधिहरुले बील भर्पाई सार्वजनिक गर्न माग गरेको छ । गोलबजार नगरपालिका मेयर देवनाथ साह र कार्यकारी अधिकृतलगायत जनप्रतिनिधिहरुले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमिता गरी जनताको काममा कमिशन खाएको राजनीतिक दलका प्रतिनिधिहरुले आरोप लगाएको छ । गोलबजार नगरपालिकाले निर्माण विकास र लक्षितवर्गको कार्यक्रममा आफ्ना नातेदारलाई प्रयोग गरी विलभर्पाई बनाएको आरोप छ । आफ्नै नजिकका आफ्न्तको ईटा भट्टाको ईटा प्रयोग गरेर कमसल समाग्रीको प्रयोग गरिएको राजनीतिक दलका प्रतिनिधिहरुको आरोप रहेको छ ।यसै सेरोफेरोमा सिरहाको गोलबजार नगरपालिकामा सूचनाको हक प्रयोग गर्दै प्रतिपक्षी दलहरुले सूचना सार्वजनिक गर्न माग गरेको छ । आव ०७४।०७५ को सम्पूर्ण आय व्यय विवरण तथा आव ०७५ र ७६ को छनौट गरिएका योजना तथा सम्बन्धित सम्पूर्ण विवरणहरु उपलब्ध गराउन साउन ९ गते नगरपालिकाको कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएको छ । २४ घण्टाभित्र सूचना उपलब्ध नगराए सर्वदलिय संघर्ष समितिले चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।
संघीय नेपालको पहिलो स्थानीय सरकारले नगरपालिकाका अन्य दललाई वेवस्ता गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई मान मर्दन गरेको प्रतिपक्षी दलहरुको आरोप छ । उनीहरुले नगर प्रम्ुखले सरकारी बजेटको व्यापक हिनामिना गरेको आशंका रहेकोले सूचना मागिएको जनाएका छन् । उनीहरुले २४ घण्टाभित्र सूचना उपलब्ध नगराए आन्दोलनको बाटो खुल्ला रहेको र प्रतिपक्षले निभाउंने भूमिका आफूहरुले निभाउंनेमा कुनै शंका नरहेको बताए । नगरपालिकाभित्र विभिन्न सडक तथा अन्य योजनाहरु सम्पन्न भएको र नगरपालिकाले आर्थिक मसान्त समाप्त गरिसकेको भएपनि सूचना उपलब्ध गराउन कार्यालयबाट आनाकानी भइरहेकोमा आफुहरुले यसलाई गम्भिरता पूर्वक लिएको बताए । गोलबजार नगरपालिकाको कार्यालयमा बुधवार बुझाएको ज्ञापनपत्रमा संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेपाली कांग्रेस, विवेकशिल साझा पार्टी, नयां शक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक, देजमो नेपालका प्रतिनिधिहरुको हस्ताक्षर गरेको उल्लेख छ । उता, नगरपालिकापक्षले निर्माण विकास तथा लक्षितवर्ग कार्यक्रमको वीलभर्पाई व्यवस्थित गर्न समय लाग्ने भएकोले केही दिनपछि सार्वजनिक गर्ने बताउंछन् । आफुहरु उपभोक्ता र जनताको चाहना अनुरुप नै काम गरेको दावी गर्छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्