मत्सरीको वडाध्यक्षको सराहनिय कदम वडाबाट निशुल्क सिफारिस हुने
Advertise Here Book Now

चंचल झा
रौतहट । भदौ ५ । स्थानिय तह आए पछि विभिन्न सिफारिसमा लाग्ने गरेको शुल्कले जनता समस्यामा परेकोले अहिले आएर केहि स्थानिय तह र वडाले निशुल्क सिफारिस गर्ने निर्णय गरेको छ । रौतहटमा रहेको १८ वटा स्तानिय तह मध्ये परोहा नगरपालकिाले निशुल्क सिफारिस गर्ने पहिलो स्थानिय तह बनेको छ भने दुर्गाभगवति गाँउपालिका वडा नम्बर ३ मत्सरी निशुल्क सिफारिस गर्ने पहिलो वडा बन्न सफल भएको हो । जनचाहना अनुसार विभिन्न कामहरु गर्दै आएका मत्सरीका वडाध्यक्ष धर्मेन्द्र कुमार झाले सिफारिस निशुल्क गरे पछि स्थानिय वडावासी खुशी भएका छन् ।  अहिले सम्म जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,बसाई सराई दर्ता सम्बन्ध विच्छेदको दर्ता,नागरिकता प्रमाणपत्रको सिफारिस, लगायत १७ किसिमका दर्ता र सिफारिस अब देखि निशुल्करुपमा हुने वडाध्यक्ष डिके झाले बताए । तर जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,बसाई सराई दर्ता सम्बन्ध विच्छेदको दर्ता ३५ दिनको भित्रमा गराए निशुल्क हुने र ३५ दिन पछि गराए ५० रुपैया जरिवाना समेत लाग्ने भएको छ । विभिन्न दर्ता र सिफारिसहरु वडा कार्यालयबाट निशुल्क गरिएकोमा चौतर्फी रुपमा वडा कार्यालय मत्सरीको चर्चा बढेको छ भने युवा वडाध्यक्ष डिके झाको सराहनिय कदमको चर्चा हुन थालेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्