सुरुंगा नगरपालिका बालमैत्री सूचक पूरा गर्ने तयारीमा
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ४ साउन । सेभ द चिल्ड्रेनको सहयोग र सवल नेपाल सप्तरीको आयोजनामा आजदेखि तीन दिने ‘स्थानीय तहका जनप्रतिनिधिहरुका लागि बालमैत्री स्थानीय शासन’ सम्बन्धी लहानमा कार्यशाला गोष्ठी शुरु भएको छ । स्पोन्सरशिप कार्यक्रम अन्तर्गत भइरहेको कार्यक्रमको उद्घाटन गर्दै सुरुंगा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले ‘बालमैत्री नगरपालिका सुरुंगा बनाउंन सबै सुचक पूरा गर्ने भन्दै हालसम्म ७५ प्रतिशत सुचक पूरा भएको छ । २५ प्रतिशत बालमैत्री सुचक पुरा गर्न यो गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउंनुभयो । बालमैत्री सुरुंगा नगरपालिका बनाउंन निर्देशिका र राष्ट्रिय रणनीतिक कार्यान्वयन कार्यविधिवारे साझा बुझाई गर्ने र सहयोग गर्ने उद्देश्य रहेको भन्दै कार्यक्रमका प्रशिक्षक तथा कार्यक्रम संयोजक रचना थापाले ‘यो बालमैत्री नगरपालिका बनाउंन सबैपक्ष सक्रिय हुनुपर्ने जरुरी छ ।’ ‘सबैको दायित्व रहेकोले नमुनाको सुरुंगा नगरपालिका बनाउंन जनप्रतिनिधिहरुको पनि उत्तिकै जिम्मेवारी रहेको’ बताइन् । कार्यक्रमका प्रशिक्षकमा सुमन ढकाल, मदनगोतामे रहेका छन् भने सहजिकरणमा राधेश्याम राम रहेका छन् । कार्यक्रममा उपमेयर विन्दाकुमारी पासमान, स्वास्थ्य संयोजक भुपनारायण चौधरी, समाजिक विकास संयोजक देवेन्द्रकुमार चौधरी, सुरुंगा प्रवक्ता आशाराम विश्वकर्मालगायत जनप्रतिनिधिहरुको विशेष उपस्थिति रहेको छ । गोष्ठि भदौ ५ गतेसम्म लहानमा भइरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्