रौतहटमा प्रहरीकै सेटिङमा तस्करी बढदै स्थानीयको आरोप
Advertise Here Book Now



अमित ठाकुर।रौतहट।भाद्र ०७। रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि बढ्दै गएका छन।नयाँ प्रहरी प्रमुख केदार ढकाल रौतहट अाएपछि नाकामा कडाई गर्न भनेता पनि नाकाका चौकी ईन्चार्ज र सिविल घुमुवाले कुनै बास्ता नै नगरेको स्थानीयले बताएको छ । तस्करहरुले सीमावर्ती भारतीय बाजार बैरगनियाबाट मुख्य नाका गौर भन्सार भएर प्रहरीको संरक्षणमा खुलेयाम भारतीय टेम्पो मार्फत भारतीय हार्डवेयरका समानहरु भन्सार छलि गरि नेपालमा भित्र्याउने कार्य गरिरहेका छन। भने सो छली गरि ल्याएका समानहरु गरुडा बजार सम्म तस्करहरुले पुर्याउने गर्दै आएका छन। भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुले लाइन(घुस) दिएपछि अबैध तस्करी हुन थालेका नाम न लेख्ने उदेश्यले स्थानीयले भने ।तस्करी कार्यमा सामेल  भएका तस्करले भारतका बोर्डरमा बसेका प्रहरी एबम  नेपाल प्रहरीका ईन्चार्ज र घुमुवा  प्रहरीको मिलोमतोमा तस्करले अबैध कारोबारी गरिरहेको नाम न खोल्ने सर्तमा एक व्यपारिले बताए घरमा प्रयोग गर्नका लागि भारतको बैरगनियावाट सामान ल्याउदा गौर भन्सार सीमामा क्षेत्रमा तैनात रहेका  नेपाल प्रहरी, शस्त्र प्रहरी र भन्सार कर्मचारी कडाईका साथमा चेकजाच गर्ने तर ठूलो मात्रामा भन्सार छलीका माल समान ल्याउँदा कमीशनको भरमा ल्याउन दिने र त्यसतालाई कुनै रोकटोक नगर्ने स्थानीयले जनाएको छ। रौतहट जिल्लाको महादेवपट्टी, लक्ष्मीपुर, बेलबिक्षवा नाकाबाट खुल्लेआम रातीको समय बिहारमा प्रतिबन्धित रहेको  मदिरा  तस्करी भईरहेका छन। तर प्रहरी मुखदर्शक बनेर बसेका छन किन?त्यस्तै  बंजरहा, अौरैया, बंकुल, मोतीपुर, नरकटीया,लतमडी, राजपुर  बाट रेडिमेड कपडा, किरानाका समान तथा  हार्डवेयरका समानहरु तस्करी भईरहेको स्थानीयले जनाएको छ। भने गौर भन्सारको पुर्व रहेको फुलबारी हुँदै  बिहार बैरगनिया एसएसबी क्याम्पको पछाडि बाटो हुँदै स्थानीयबासिन्दा सुकेको अवस्थामा रातमा क्युन्टलको क्युन्टल गोलमरिच प्रहरी अाँखा अगाडिबाट गईरहेका छन। तर प्रहरीले कुनै बास्ता न गरेको स्थानीयको आरोप छ।भारतबाट अाएको मालसमानको गौर भन्सारको भित्री बन्द कम्पाउण्डमा राखि अाएको मूल्य तथा कम मालसमान सो गरि भन्सार काट्ने गरेको एक जना ब्यपारीले भनेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्