ऋत एकेडेमीले नव आगन्तुक विद्यार्थीलाई गरे स्वागत
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया, काठमाडौ,भदौ ८ गते । ऋत एकेडेमीले कक्षा ११ का नव आगन्तुक  विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२का विद्यार्थीहरुलाई बिदाई गरेका छन ।राष्ट्रिय नाचघरको हलमा आयोजना भएको स्वागत तथा विदाई कार्यक्रममा कक्षा १२ का  विद्यार्थीहरुलाई टोकन अफ लभ प्रदान गरी ऋत एकेडेमीले उज्ज्वल भबिस्यको कामना गरेका थिए।उक्त कार्यक्रममा कक्षा ११ र १२ का छात्रछात्राहरुले विभिन्न  नेपाली गीतहरुमा अतिनै आकर्षक खालका  नृत्य प्रस्तुत गरेका थिए
भने उक्त ऋत एकेडेमीका शिक्षक शेर बहादुर गुरुङले अनेकौ जादु देखाई उपस्तिथ दर्शकहरुलाई चकित पारेका  थिए । उक्त एकेडेमीका अध्यक्ष प्रकाश चन्द्र लोहनीको सभापतित्वमा  प्रमुख अतिथि महान्याधिबक्ता अग्नि खरेल,कार्यकारी प्रमुख सिद्धार्थ लामा,प्रध्यानाध्यापक आनन्द कुमार कुसियत
शिक्षक ,गायक,विद्यार्थीका अभिभावक,लगायत विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो उक्त एकेडेमीले  प्रत्येक बर्षको परम्परालाई  यस पाली पनि निरंतरता दिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्