मुख्यमन्त्री राउत द्वारा रौतहटको टिकुलियामा निरीक्षण,परिवारलाई राहत दिने घोषणा
Advertise Here Book Now

अमित ठाकुर।रौतहट।भाद्र ११।रौतहट जिल्लाको सदरमुकाम गौर नजिक टिकुलिया घाटमा शनिबार बेलुकी दुर्घटना भएको ठाउँमा अाज प्रदेश नंबर दुईका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले स्थलगत निरिक्षण गरेका छन।निरिक्षण पछि  सघिय समाजवादी फोरम जिल्ला कार्य समिति रौतहटले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा त्यसमा परि ज्यान गुमाएको परिवारहरुलाई रु २,००,००० र श्राद्ध कार्यका लागि रु २५,००० साथै घाइतेहरुको उपचारको लागि रु २५,००० दिने घोषणा गरेका छन ।  पप्पु कन्ट्रक्सनको माध्यमबाट निर्माण हुँदै गरेको पुल समयमा निर्माण नहुँदा यस्तो घट्ना घटेका स्थानीयले मुख्यमन्त्री राउतलाई जनाएका  छन। शनिबार बेलुकी करिब ७ बजे तिर डुंगा अौरैया बाट टिकुलीया अाउने क्रममा दुर्घटना भएको थियो ।दुर्घटना भएको डुंगामा कति जना सवार थियो त्यो अहिले सम्म थाहा लाग्न सकेको छैन। डुंगा दुर्घटना भोली पल्ट २१ जना जिवितै प्रहरीको सम्पर्कमा अायो। तर स्थानीयको अनुमान दुर्घटना भएको डुंगामा लगभग ४० जना जति सवार थियो। तर बाँकीको अहिले सम्म अतोपता छैन। सो नदी दक्षिण तर्फ लगभग २ कि.मी बहाव रहेकोले भारतीय प्रहरी संग समन्वय गरि  बेपता भएका ब्यक्तिहरुलाई अहिले पनि खोजी कार्य भई नै रहेका छन। सो पुलको २०७४।३।२६ गतेमा सम्पन्न हुने सरकार र पप्पु कन्ट्रकशन विरगंज संग  समझौता भएको थियो तर अहीले सम्म पुल निर्माणाधीनमा रहेकोले त्यही पुलको पिलरमा डुंगा ठोकिँदा यस्तो  घटना भएको स्थानीयहरुले मुख्यमन्त्री राउतलाई जानकारी दिएका छन ।दुखको घडीमा प्रदेश नंबर २ का मुख्यमन्त्री मो लालबाबु राउत गद्दी लगायत कानुन तथा रक्षामन्त्री ज्ञानेनद्र कुमार यादब स्थानिय रौतहट क्षेत्र न १ क का बिधायक बाबुलाल साह, सांसद एवंम पूर्व मन्त्री अनिल कुमार झाा, भुमि ब्यवस्था तथा कृषि राज्य मन्त्री योगेन्द्र यादब र भौतिक पुर्वाधार राज्यमन्त्री डा. डिम्पल झा.प्रदेश सभा सदस्य म. अब्दुल कलाम अजाद उर्फ फुलबाबु सहित गौर नगरपालिकाका मेयर अजय गुप्ता उपमेयर किरण ठाकुर सहित स्थानीयहरुको उपस्थिति रहेको थियो। यस्तो घट्ना फेरी न दोहोरीयोस भन्दै मुख्यमन्त्री राउते यो पुल चाँडै निर्माण गराउनका लागि प्रदेश सरकार केन्द्रीय सरकार संग माग गर्ने र पिडित परिवारलाई छतिपुर्ती दिई दोषी ठेक्केदार माथि कार्वाहीको माग गर्ने अाफ्नो प्रतिबद्धता दिनु भएको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्