मिथिलाअञ्चलमा यसरी मनाईयो रक्षा बन्धन पर्व (फोटो फिचर)
Advertise Here Book Now


भाइ र बहिनीबीचको अठोट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन ।
खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बिहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाई बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह नजदीकी र प्रेम ल्याउछ । हूनत यो चाड श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ । र जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगााउने गर्दछन । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ ।

आजको दिन बहिनिहरुले आफनो भाईका हाथमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउछन । भाइले पनि बहीनिलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिन्छन तथा बहीनिको रक्षा गर्ने वाचा दिन्छन । हुनत रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनिको त्योहार नभएर आफू भन्दा ठूला बडाले सनोलाई रक्षा र आर्शिवाद स्वरुप बान्धने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्छन । त्यो धागो बोकेर गााउँ गाउ गएर सबै जनालाई
रक्षाबन्धन बाँधेर टिका लगाइदिने गथ्र्यो । बदलामा शिष्य यजमानहरु ब्राहमणलाई दक्षिणा वस्तरर पैसा उपहार दिने गथ्र्यो । र घरका बुजुर्गहरु सानो लाई धागो हाथमा लगााइदीने र सानोले ढोगेर आर्शिवाद लिने गथ्र्यो । श्रावण पूर्णिमाको दिन मन्दिरमा विशेष पूजा अर्चना हुन्छ र रक्षाबन्धनको दिन दानपुण गर्नुको केही बेग्लै महत्व पनि छ ।
यसको एउटा पौराणिक कथा पनि छ, कुनै युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकरं युद्ध चलेको थियो ।यस युद्धमा असुरहरुले देवताहरु मथि विजय प्राप्त गरेका थिए ।पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाचनु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसगं अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण चतुर्दशीको दिन थियो । अतस्देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जित पनि भएको थियो ।वास्तवमा त्यो पवितत्राको रक्षासुत्र थियो । श्रावण मासमा ऋषिगण आश्रममा बसेर अध्ययन र यज्ञ गर्थे । श्रावण पूर्णिमाको यज्ञको पूर्णाहुति हुन्थ्यो । यज्ञ समाप्त भएपछि यजमान र शिष्यलाइ सुत्र बाधने प्रथा थियो । त्यही भएर पनि यस्को नाम रक्षा बन्धन पर्यो तर बदलिदो युगको सगं आजकल राखीलाई प्रमुख रुपमा भाइ बहीनिको पर्व मानिन्छ । बहीनीहरुलाई एक महिना अगाडी देखि नै यस पर्वको प्रतिक्षा हुन्छ । यो अवसरमा जो विवाहिता महिला छन त्यो ससुरा बाट माइति जान्छे र भाइको हाथमा राखि बान्छे । टीका लगाई,मिठाई खुवाउछे र भाइले पनि उपहार स्वरुप केही न केही दीन्छन । रक्षाबन्धन पारिवारिक मेल मिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन । रक्षाबन्धनको अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रगं विरंग राखिले पसल सजेको हेर्न सकिन्छ । मिठाईको पसलमा पनि त्यतिकै भिड हुन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्