मिर्चैया : कर बृद्धिको विरुद्धमा नगरपालिकामा ज्ञापन–पत्र, माँग सम्बोधन नभए चरणवद्ध आन्दोलन
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ३० साउन । वृद्धि गरेको करको बिरोधमा सर्वपक्षिय संयुक्त संघर्ष समितिले मिर्चैया नगरपालिकामा ज्ञापन–पत्र बुझाएका छन् । नगरपालिकाले कर, शुल्क र राजस्व अत्याधिक वृद्धि गरेर नगरवासीसबको ढाड सेक्नमा लागेको आरोप लगाउँदै समितिले बिभिन्न ८ बुँदे माँग राख्दै मंगलबार नगरपालिकाका मेयर श्रवण कुमार यादबलाई ज्ञापन–पत्र बुझाएका छन् । 
स्थानिय राजनितिक दल, उद्योग बाणिज्य संघ, नागरिक समाज सम्मिलित सर्वपक्षिय संयुक्त संघर्ष समितिको टोलीले हाल नगरपालिका लिईरहेको नयाँ कर, शुल्क र राजस्व पूर्ण रुपमा स्थगित हुनुपर्ने, पुरानो कर पनि संशोधन पश्चात मात्र लागु गर्नुपर्ने, आ.व. २०७४÷०७५ को वडा र नगर स्तरीय  योजनाहरुको लागत ईष्टिमेट सहित मुल्यांकन विवरण उपलब्ध गराउनु पर्ने, विभिन्न निकायबाट नगरपालिकामा दाखिला भएको आम्दानीको विवरण उपलब्ध गराउनु पर्ने, कोटेशन र सडक बोर्डको कार्यको विवरण उपलब्ध गराउनु पर्ने, आन्तरिक कोषबाट नियुक्ति गरिएका कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, घटना दर्ता, मृत्यू दर्ता, विबाह दर्ता, बसाईसराइ निःशुल्क हुनुपर्ने र विभिन्न शिर्षकमा वडा र नपामा खरिद भएका समाग्रीहरुको भुक्तानीको विवरण उपलब्ध गराउनु पर्ने माँग राख्दै मेयर यादबलाई ज्ञापन–पत्र बुझाएका हुन् । 
ज्ञापन–पत्र बुझ्दै मेयर यादबले माँग गरिएको विवरण १५ दिनपछि उपलब्ध गराउने बताए । माँग गरिएको सुचना दिन कुनै समस्या नरहेको भन्दै मेयर यादबले नेपाल सरकारको निति अनुसार कर लगाईएको बताए । उनले आन्तरिक छलफल गरेर करको बिषयमा निर्णय लिन सक्ने स्पष्ट गरे ।  कर सरकारको निति बामेजिम लगाईएकाले असन्तुष्टि भएको शिर्षकमा बसेर समस्या समाधान गर्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए । 
ज्ञापन–पत्र बुझाउन पुगेका उद्योग बाणिज्य संघ लहानका उपाध्यक्ष तथा स्थानिय व्यापारी अशोक कुमार साहले एकिकृत सम्पति कर खारेज गर्नुपर्ने माँग गरे । उनले अहिलेसम्म मालपोत राजस्व बाहेक कुनै कर नबुझाएको अबस्थामा एकै पटक बिभिन्न किसिमको कर लगाई समस्यामा पारेको बताए । आमनगरबासीको भाबनालाई ख्याल गरी नगरपालिकामा ज्ञापनपत्र बुझाउनु परेको स्थानिय राप्रपा (राष्ट्रवादी) का नेता राम प्रताप साह (भोला) ले बताए ।  ज्ञापन–पत्रमा ३ दिन भित्र सुचना उपलब्ध गराउने समयसिमा तोकिएको भएपनि १५ दिन पश्चात उपलब्ध गराउने मौखिक सहमति भएको स्थानिय ब्यापारी रुकेश साहले बताए । तत्कालको लागि बृद्धि गरिएको कर स्थगित गर्ने समेत सहमति भएको उनले बताए । 
माँग गरिएको बिबरण समयमा उपलब्ध नगराईए चरणवद्ध आन्दोलनमा उत्रने ज्ञापनपत्र मार्फत समितिले चेताबनी समेत दिएका छन् । 
 
ज्ञापन–पत्र बुझाउने क्रममा रामबिलास साह, रामप्रताप साह (भोला), जिबछ साह, प्र्रदिप महासेठ, सिताराम यादब, रमेश न्यौपाने, रामदयाल यादब, प्रदिप मंडल, रेणु शर्मा, राधाकृष्ण साह, असनारायण मंडल, अशोक कुमार साह, रुकेश साह, रामेश्बर यादब, लालदेब साह, हरेराम यादब, भरत महासेठ, लालबाबु महतो र रमेश श्रेष्ठ, लगायतका सहभागि रहेका थिए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्