लहानमा पुरुष पीडितको उजुरी,चोर डांकालाई पनि सोधेरै फोटो खिचौं
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, १ भदौ । सर्च फोर कमन ग्राउन्डको सहयोग र नेपाल पत्रकार महासंघ सिरहा शाखाको आयोजनामा आज सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रम लहानमा सम्पन्न भएको छ । कार्यक्रममा न्यायिक समितिका प्रमुख तथा उपमेयर सरियार चौधरीले महिला हिंसाको घटना व्यापक रुपमा रहेपनि लहानमा पुरुष पीडितहरुको उजुरी बढ्दै गएको बताउंनुभयो । उपमेयर चौधरीले यहां बजारक्षेत्रको मुद्दा बढी संख्यामा आउंने गरेको छ भने ग्रामिण भेगमा हिंसात्मक घटना बढिरहेको बताउंनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर विजय यादवले वैदेशिक रोजगारी र मदिरा सेवनको कारण महिला हिंसाको मुद्दा आउंने गरेको बताउंनुभयो । कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्मा, सन्तोष यादव, दुर्गा परियार, बविता राम, विनिता शरणलगायतले ‘सोधेर फोटो लिनु उपयुक्त नरहेको’ बताउंनुभयो । कार्यक्रमका सहजकर्ता नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ताले गरेका थिए भने सर्च फोर कमन ग्राउन्डका शरमलाल चौधरीले कार्यक्रमवारे प्रकाश पार्नुभएका थिए । पुरुष पीडितको उजुरी लहानमा पत्निबाट पीडित भएका एक दर्जनबढी उजुरी आएको छ । लहान ११ बाट आएको एक उजुरीवारे उपमेयर चौधरीले भने ‘एक महिलाले आफ्ना आमाको नाममा सम्पती लेखायो ।’ ‘अहिले को पति चिन्दिन’ ‘पतिलाई खान बस्न नदिएपछि उजुरी दिएको छ ।’ लहान नगरपालिकाको न्यायिक समितिमा यस्ता कैयन उजुरी परेको छ । लहान ३ मा अनमेल विवाह भएको छ । पुरुष २२ बर्षको र महिला ४० बर्षको रहेको छ । २२ बर्षीय पुरुषलाई आफ्नै पत्निले यातना दिएपछि उनी पनि न्यायिक समितिमा उजुरी दिएका छन् । लहान ३ कै अर्को उजुरी पतिलाई पत्नि चाहियो भने गरेको छ । उता, पत्निले अंशवण्डा मुद्दा हालेर पतिलाई घरबाट निकालेका छन् । उनीहरु प्रेम विवाह गरेका थिए । उपमेयर चौधरीले भनिन् —‘पुरुष पीडितको उजुरी आउंने क्रम जारी नै छ ।’ तर,‘मुस्लिम र दलित समुदायमा महिला हिंसा व्यापक छ ।’ ‘यसको मुख्य कारण जाडरक्सी, जन्म दर्ता, विवाह दर्ता नगरिदिने ’ ‘वैदेशिक रोजगार, धार्मिक तथा शिक्षा चेतनाको अभावले महिला हिंसा बढेको छ ।’ लहानमा यस्ता महिला हिंसाको घटनाको उजुरी आउंने क्रम जारी छ । पत्रकारहरु समस्या घुस लिइरहेको बेला हाकिमलाई ‘तपाईंको फोटो खिचौ’ भने सोध्दा के भन्ला ? मान्छे दुर्घटना र डुविरहेका छन् । सुतिरहेका छन् । बेहोस छन् । डांका, बलात्कार गरिरहेको बेला ‘तिम्रो फोटो’ खिचौं भन्दा के पत्रकारको के अवस्था होला ? अहिले सोधेर मात्रै फोटो खिच्ने जुन कानुन लगाएको छ । यसले पत्रकारिता सम्भव नहुने सहभागी पत्रकारहरुको निष्कर्ष रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्