‘बेटी बचाउ,बेटी पढाउ’का एम्बेस्डर भन्छीन्—‘बालविवाहको कारण केटी पाउंन समस्या’
Advertise Here Book Now

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १२ भदौ । भारतको सोमनाथबाट काठमाण्डौको लागि साईकल यात्रामा निस्किएकी सुनिता सिंह चोकेन लहान आईपुग्दा ‘हरियणा,राजस्थान, पंजाब जस्तो प्रान्तमा बालविवाहको कारण यत्तिबेला केटाले केटी पाउंन समस्या भएको छ ।’ ‘भारतको बेस्टबंगाल, राजस्थानलगायतको प्रान्तमा आज पनि बालविवाह यथावतै छ ।’ ‘यसको विरोधमा म यो साईकल यात्रामा लागेको छु ।’ ‘अहिले हरियणा , पंजाबमा यस्तो वालविवाह समाप्त भएको छ ।’ उनी बताइन् । भारतको सोमनाथदेखि काठमाण्डौसम्म ५ हजार किलो मिटर यात्रामा निस्किएकी चोकेन भारत सरकारको ‘बेटी बचाउ,बेटी पढाउ’ कार्यक्रमका एम्बेस्डर हुन् । महिला सशक्तिकरणका लागि नेपाल भारतमा ‘महिला हिंसा, दाइजो उन्मुलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मुल गर्न यो साईकल यात्रामा लागेका छन् । ‘महिला सुरक्षित, समाज सुरक्षित’ नारा दिंदै चोकेन यात्रामा लागेकी छीन् । बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले दलित गरिबलाई विद्यालयसम्म पुरयाउंन शसक्त आधार तयार बनिरहेको भन्दै चोकेनले ‘यहां पनि बेटी बचाउ, बेटी पढाउ अभियान चलिरहेको छ । यो अभियानका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसंग भेट्न इच्छा जागेको उनी बताइन् । आज विहान इटहरीबाट लहान आइपुगेकी पत्रकार भेटघाटमा ‘स्वच्छ वातावरणको लागि रुख रोपौ’ भन्दै चोकेनले ‘सबैले वृक्षारोपण गर्नुपर्छ । ’ ‘वृक्षारोपणको समय हुन्छ ।’ ‘म जुलाई अगस्तमे जहां जान्छु, त्यही वृक्षारोपण गर्छु ।’ ‘तर, मैले लगाएको वृक्ष सबै जिवित छ ।’ ‘यसको लागि समय समयमा फ्लोअप गरिरहेको छु ।’ ‘मेरो लगाएको वृक्ष मरियो भने अर्थहीन हुन्छ । ’ उनी अहिलेसम्म ७ हजार वृक्षारोपण गरेको पत्रकार भेटघाटमा सार्वजनिक गरेको छ । सानैदेखि एभरेष्ट चढ्ने सपना बोकेकी सुनिता चोकेनले २०११ मा इच्छा पुरा गरेकी छीन् । भारत सरकारले चोकेनलाई २०१२ मा डोफर अवार्ड, २०१३ मा भारत गौरब, २०१६ मा नारी शक्ति, २०१८ मा कल्पना चावला अवार्डले सम्मानित गरेका छन् । चोकेन एक्लै यस अभियानमा लागेकी छीन् । उनी भन्छीन् —‘मेरा अभिभावक एक्लै हिड्न दिंदैन, ‘म झुठ बोलेर निस्किन्छु ।’ तर, पता त लागि हाल्छ । ’ ‘अनि म अभिभावकको अगाडि रुन थाल्छु ।’ ‘मै सामाजिक रुपान्तरण कर के रहुंगा ’ ‘फिर मेरा रास्ता खुला होता है ।’ चोकेन यस्ता कैयन यात्राहरु गरेका छन् । भारतमा कन्याकुमारीदेखि खरस्डुला (काश्मिर) जस्ता साईकल यात्रा गरिसकेका छन् । चोकेनलाई नेपालमा रोटरी क्लबले सहयोग गर्दै आएपनि लहानमा मेरी चिल्ड्रेन बोर्डिग स्कूलका प्रिसिंपल पाण्डव हमालले सहजिकरण गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्