शिवशक्ति महायज्ञमा भक्तजनको घुईचो : अयोध्याका रामलिलाले दर्शकलाई मन्त्रमुग्ध गर्दै
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १४ भदौ । मिर्चैयामा भईरहेको शिवशक्ति महायज्ञमा भक्तजनहरुको घुईचो बढ्दै गएको छ । विश्व शान्तिको उद्धेश्यले मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा स्थित बतहा खोलामा आयोजना गरिएको शिवशक्ति महायज्ञमा पुजापाठ गर्न तथा यज्ञ भर्नका लागि आउने दर्शनार्थीहरुको घुईचो लागेको आयोजकले बताए । 
महायज्ञको मुख्य आकर्षण अयोध्याका रामलिला रहेका छन् । पौराणिक कालको झझ्ल्को दिने किसिमले मंचन भइरहेको रामलिलाले दर्शकहरुलाई मन्त्रमुग्ध गरिरहेका छन् । प्रत्येक राति भइरहेको रामलिला हेर्नका लागि बिभिन्न स्थानबाट आएका दर्शनार्थीहरुले थप रौनक बढाएका छन् । 
देश र समाजमा बढ्दै गएको हत्याहिंसा, बलात्कार, अत्याचारलाई न्युन गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञले मानव प्राणीमा सदाचार,सदभाव र भाईचारा बढ्नुको साथै धर्मप्रतिको आस्था जाग्ने अपेक्षा गरिएको छ । समाजमा समाजिक परम्परा भड्किने र आँच आउने किसिमको नृत्य कार्यक्रमलाई बिस्थापित गरी संस्कृति र परम्परालाई जागाउँनका लागि अयोध्याको रामलिलाको आयोजन गरिएको महायज्ञ आयोजक समितिका उपाध्यक्ष संजिब यादबले बताए ।
हरिद्धार उतराखण्डका श्री श्री १०८ श्री बाल व्यास मौनी बाबा र तान्त्रिक बाबा महाराज बिक्रम दासको प्रमुख आयोजनामा भईरहेको महायज्ञमा मटियर्वावासीको सहयोग रहेका छन् ।  
 
भदौ १० गतेदेखि सुरु भएको महायज्ञ भदौ १८ गते सम्म चल्ने उपाध्यक्ष संजिब यादबले बताए ।
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्