विकृतिमुक्त समाज निर्माणमा युवालाई एक जुट भएर अगाडी बढनु जरुरी यवा अभियानी
Advertise Here Book Now


चञ्चल झा
रौतहट । साउन २७ । “युवाहरुको लागि सुरक्षित ठाँऊ” भन्ने नाराका साथ विश्व भरीका साथै रौतहटमा पनि १९औँ अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । रौतहटको सदरमुकाम गौरमा विभिन्न क्याम्पसहरुको युवाहरुको सहभागितामा आज अन्र्तराष्ट्रिय युवा दिवस मनाईएको छ । रौतहटमा युवाको वर्तमान अवस्थाका वारेमा चर्चा गर्दै समाज सुधारमा युवाहरुको भुमिकावारे साथै देशलाई समृद्ध बनाउनुमा युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा सहभागि युवाहरुले अहिले हाम्रो समाजमा लागुऔषद,मदिरा सेवन,विदेश पलायन,आवश्यक्ता विनाको मोवाईल फोनको प्रयोग,अनुसासनको कमी,अधिकारको लागि अगाडी न बढ्नु,राजनितिकमा युवा माथि विभेद,भागी विवाह,अरुलाई आकर्षित गर्ने कपडा, अरुको भरमा बस्नु,जिम्मेवारी वोध न हुनु, छुवाछुत, सही गलतको अनुमान लगाउन न सक्ने,वालविवाह,कुलतमा साथीको सहयोग,आर्थिक समस्याले कुलत र अपराधिक घटनामा संलंग्ता,वेचविखन लगायत युवाको समस्याहरुलाई उजागर गरिएको थियो । साथै सहभागीहरुबाट आएका समस्याहरुलाई समाधान गर्न युवाले कस्तो भुमिका खेल्नु पर्ने वारे पनि बताईएको थियो ।
युएनडिपी नेपालको सहयोगमा र आरडिसी नेपालको सहकार्यमा रौतहटमा चल्दै गरेको समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्तरगत गौर नगरपालिकाको सहकार्यमा ग्रामिण विकास केन्द्र नेपालको आयोजनामा आज रौतहट उद्योग बाणिज्य संघको सभाहाँलमा भएको कार्यक्रमको अध्यक्षता आरडिसी नेपालको कार्यकारी निर्देशक आलोक सिंहले गर्नु भएका थिए । युवा अभियन्ता मोमताज राय भाँटले संचालन गरेको कार्यक्रममा संस्थाका युवा अभियन्ता तथा विश्व शिक्षाका प्रतिनिधि मदन राम प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रुपमा विद्यार्थी नेता प्रकाश भाई ,युवा पत्रकार अभिमनु पटेल र चञ्चल झा, संस्थाका सुनिल साह ,गजला रहेका थिए ।  कार्यक्रममा बोल्दै युवा पत्रकार झा रौतहटमा अहिले युवाहरुमा कुलतको रुपमा देखिएको लागुऔषधको सेवन,किशोरकिशोरीको एक अर्का प्रति आकर्षण गलत प्रयोगले खास गरि समाजमा विकृति फैल्दै गरेको भन्दै त्यस्ता विकृतिलाई युवाहरुले नै रोक्नु पर्ने बताए । साथै अश्लील गितहरु सार्वजनिक ठाँउमा प्र्रतिबन्ध लगाउने अभियानमा समेत लागेका अभियानी युवा पत्रकार झाले अहिले आएर दुइटा अर्थ लाग्ने अश्लील गित खास गरि भोजपुरी भाषाका गितहरुले हाम्रो समाजमा नाकारात्मक्तालाई बढावा दिई रहेकोले त्यस्तालाई रोक्नु समाज परिवर्तनका संवाहकका रुपमा रहेका युवाहरुको नै रहेको भन्दै समाजको लागि केहि गर्न अवसर पाएको मा यसमा सबै युवालाई एक जुट भएर अगाडी बढनु जरुरी रहेको बताए । यसै कार्यक्रममा बोल्दै विद्यार्थी नेता प्रकाश भाई र युवा पत्रकार अभिमनु पटेलले युवाले चाहेमा जस्तो सुकै विकृतिलाई पनि सुधार गर्न सक्छ भन्दै समाज सुधारमा लाग्नै पर्नै बताए । समाजिक सद्धभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रमको उद्धेश्य समाजमा रहेको विभिन्न जाती र धर्ममा हुने द्धन्दलाई न्युनिकरण गर्ने तथा समाजमा पिछडिएका वर्गलाई पनि लोकतान्त्रिक सहभागिता गराउने र युवाहरुको क्षमता विकास गरि सरकारबाट प्राप्त सेवासुविधालाई प्रत्यक्षरुपमा आमजनमानस समक्ष युवा स्वयमसेवकलाई परिचालन गरि सबैलाई सहयोग गर्ने रहेको यस परियोजनाका कार्यक्रम संयोजक सुनिल कुमार साहले जानकारी दिनु भयो । कार्यक्रमलाई समापन्न गर्दै आलोक सिंहले युवालाई जिम्मेवारी वोध हुनु पर्ने बताए । साथै १९औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा परोहा नगरपालिकाको सहयोगमा युवाहरुको सहभागितामा वृक्षारोपण गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्