शहिदनगरका मण्डल राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट सम्मानित
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,काठमाडौ श्रावण २७ गते ।
युवा बैज्ञानिकका रुपमा क्रियासिलका साथ कृषि उत्पादनका लागि गहुँ काटने नारा एग्रो मेसिन र अन्य कृषि उपयोग उपकरण अविस्कारक धनुषा शहिदनगर नगरपालिका- ७ धबौलीका अम्बर कुमार मण्डललाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले अाइतबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपालै भरी बाट १० जना  प्रतिभाबान युवाहरुलाई  सम्मान गरेको हो ।

सम्मानसँगै उनले नगद १ लाख रुपैयाँ  प्राप्त गरेका छन् । काठमाडौको राष्ट्रिय सभा गृहमा भएको सम्मान  कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुद मन्त्री जगतवहादुर विश्वकर्माले सम्मान पत्र र १ लाखको चेक प्रदान गर्दै सम्मान गरेका थिए ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा सामान्य परिवारका अम्बले  गरेको योगदानको उच्च  मूल्याङकन गर्दै मन्त्रालयले सम्मान गरेको हो ।

आगामी दिनमा आविस्कारको क्षेत्रमा प्रोत्साहन गर्न आफुलाई युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको धबौलीमा रहेका मण्डले  जानकारी दिए ।मिथिलाको संस्कृती झलकिने पोशाक धोती र गमछा सहित मन्त्री पोखरेलले मण्डलको प्रसंशा समेत  गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्