पत्रकारले पैसाको लोभमा चरित्र हत्या गरि समाचार लेखेको उपमेयर ठाकुरको दावी
Advertise Here Book Now


अमित ठाकुर।रौतहट l श्रावण २४ l गौर नगरपालिकाका उपमेयर किरण ठाकुरले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको दाबी गरेकी छिन् । रौतहट सदरमुकाम गौर बाट प्रकाशित हुने क्राइम एक्सप्रेस दैनिकमा प्रकाशित समाचार कपोलकल्पित , भ्रामक र झुठो रहेको बताउदै उपमेयर ठाकुरले सो कुरा बताईन ।
फोनमा कुरा गर्दै  उपमेयर किरण ठाकुरले आफुले नगरवासीको जनभावना अनुसार काम गरेको अबस्थामा  आफ्नो चरित्र हत्याको प्रयास भएको भनिन l वहाले नगरपालिकाको हरियाली प्रवर्द्धनको काममा आफुले २४ लाख रुपैयाको हिनमिना गरेकोको भनी प्रकाशित समाचार तथ्यहीन , भ्रामक र झुठो रहेको भन्दै यस्तो समाचारले सम्पूर्ण संचार जगतको बिस्वशनियतामा प्रश्न उठाउने आरोप लगाइन l हरियाली प्रवर्द्धन कार्यक्रमको लागि गौर नगरपालिकाले आर्थिक बर्ष २०७४ / २०७५ मा २ लाख ९४ हजार रुपैया बिनियोजन गरेकोक थियो l सो काम गौर  एक सामाजिक संस्था एकीकृत दिगो बिकाश नेपाल नामक संस्थाले गरेको थियो lझुठो समाचार केही पत्रकारले चरित्र हत्या गर्ने उदेश्यले लेखेको समाचार प्रति गौर नगरपालिकाका मेयर अजय गुप्ताले   काईम एक्सप्रेस पत्रिकाको समाचार गलत हो भनि बिज्ञप्ती पनि निकालेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्