बाबातालमा महिलाको लाश भेट्यो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २४ साउन । पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको सिरहाको कर्जन्हा नगरपालिका १ बन्दीपुर स्थित बाबातालमा एक महिलाको लाश फेला परेको छ । सनाखत हुन नसकेकी अन्दाजी ३५ बर्षीया मधेशी मुलकी महिलाको शव बाबातालदेखि करिब ३ सय मिटर पश्चिम दक्षिणमा आज विहान फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । बाबाताल जाने बाटो छेउमा पानी जमेको खाल्डोमा डुबेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो । शवको प्रकृति हेर्दा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शब पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्