जनता टेलिभिजनका पत्रकार माथी दुर्व्यवहार, क्यामरा फाेडियाे
Advertise Here Book Now



काठमाडौं । वैदेशिक रोजगारको काम कारवाहि बारे बुझ्न र समाचार संकलन गर्न शुक्रवार दिउँसो साढे ३ बजे बाँसवारीको तिनजुरे इम्प्लोइमेन्ट सर्विस प्रालिमा पुग्यौ ।

त्यहाँको केही दृष्यहरु क्यामारामा कैद गर्न थाल्यौ । हामी त्यहाँ पुग्दा त्यहाको वतावरण सामान्य थियो । तर कार्यालयमा भएका केही व्यक्ति र आसपासमा भएका केही व्यक्तिको नजर मात्र हामीमा थियो । हामीले कार्यालयको दृष्यहरु क्यामेरामा कैद गरेपछि त्यहाँका कार्यालय प्रमुख सँग केही कुराकानी ग¥यौ र क्यामेरामा पनि कैद ग¥यौ । त्यतिवेलासम्म हामी सुरक्षित थियौ । तर जब हामी आफुलाई चाहिने केही कागजी प्रमाणहरुको दृष्य कैद थाल्यौ । त्यहाँ उपस्थित एक जना युवकले हामी सँग किन के गरेको भन्दै अपशव्द बोल्न थाले ।

हामीले उनलाई सम्झाउने निकै प्रयास ग¥यौ तर उनले मानेनन् । झन हामीलाई धम्की दिन थाले । र मिडियाहरु इस्ता–उस्ता भन्दै मजाग उडाउन थाले । हामीले उनीहरुलाई सम्झायौ र त्यँहाबाट बाहिह निस्क्यौ । तर ती व्यक्तिले हाम्रो मोटरसाइकल अगाडी आफ्नो मोटरसाइकल अड्याएर हामिमाथि प्रहार गर्ने शैलीमा प्रस्तुत भए । र तथानाम गाली गलौच गर्न थाले ।

त्यस्तो नभन्नुस दाई भन्दा तिमिहरुलाई केश गर्छु भन्दै अर्का एकजना युवकले हाम्रो क्यामेरा माथि आक्रमण गरे र क्यामेरा फुटाइदियो । हामी त्यहाँको वातावरण ठिक नभएको महसुस गर्दै कार्यालय तर्फ लाग्यौ । एक म्यानपावर व्यावसायीले खेताला लगाएर जसरी हामीमाथि प्रहार गरे त्यसको परिणाम राम्रो नहुने भन्दै हामी बाहिरिएका थियौ । लाग्थ्यो, अझै यो समाजमा यस्ता तत्वहरु छन् जसले दलाली गर्छन् र उल्टै पीडितमाथि प्रहार गर्छन् ।

परिवारसँग छुटिएर, लाखौको ऋण काढेर विदेशिने युवाहरुलाई यस्ता म्यानपावरले धम्कीका भरमा ठेगान लगाउने गरेका छन् । क्यामेराका अगाडि यस्तो अभ्रद व्यवहार देखाउने ती युवाले पीडितलाई कस्तो हर्कत गरेका होलान्, यो छानबिन हुन जरुरी छ ।

समाचार संकलनका लागि गएका जनता टेलिभिजनमा कार्यरत संवाददाता शिव अधिकारी र क्यामरामा राधिका श्रेष्ठमाथि अभद्र व्यवहार भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्