रौतहटमा ट्राफिक नियम सम्बन्धि टेम्पो चालक र ट्राफिक प्रहरी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।
Advertise Here Book Now

अमित ठाकुर/रौतहट/श्रावण २५/  रौतहट जिल्लाको गौर नगरपालिकामा चलि रहेको नेपाली प्लेट नंबरको टेम्पोका ड्राइभर र ट्राफिक प्रहरी बिच  ट्राफिक नियम सम्बन्धि १ दिने  अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ।रौतहट गौर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दिपेन्द्र कुमार साह र प्रहरी हवल्दार रबि भूषण सिंह र अरुण पाण्डेले गौरमा टेम्पो चालकलाई ट्राफिक नियम सम्बन्धि र कुन पोजिसनमा सवारी चलाउने बारे जानकारी दिएका छन। रौतहटको गौर बोर्डर एरिया भएकोले पहिला भारतीय नंबर प्लेटको टेम्पो चल्दै थियो तर अहिले अाएर ट्राफिक नियममा कडाइ भएपछि गौरमा दिनप्रतिदिन नेपाली टेम्पोहरु पनि बाटोमा गुड्न थालेका छन। सो टेम्पो चालकहरु बिना लाईसेन्सका र स – साना बच्चाहरुले चलाउँदा दुर्घटनाको बढी सम्भावना भएको कारणले समयमै ट्राफिक प्रहरी द्वरा गौरमा चलिरहेका नेपाली टेम्पोका  चालकलाई ट्राफिक नियमबारे जानकारी दिएका छन।भने चालकलाई पालना गर्नु पर्ने ट्राफिक नियमबारे राम्रो ढङ्गले चालकहरुलाई बुझाएका छन। अन्तरक्रिया कार्यक्रममा ५० जना भन्दा बढी टेम्पो चालकहरुको उपस्थिति रहेको थियो। सडकमा अोभर स्पिड न लाउन तथा बाजा न बजाउन समेत टेम्पो चालकलाई ट्राफिकले जानकारी दिएका छन।ट्राफिक नियमबारे सबै चालकलाई जानकारी गराउदै ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक साहले टेम्पो यात्री र चालक बिच नङ्ग मासु जस्तो सम्बन्ध राख्न जानकारी गराएको छ। टेम्पोमा चढ्ने सवारी संग कस्तो ब्यवहार गर्ने कसैले साईड माङ्गेमा तुरुन्तै साईड दिने एम्बुलेन्स, बारुणयन्त्र,प्रहरीको गाडी अाएपछी तुरुन्तै साईड दिई अगाडि जान दिने तथा ट्राफिकको नियम पाल्ना गर्ने समेत जानकारी दिएका छन।अब देखि कुनै पनि टेम्पो चालक नियम बिपरित गएमा नियम बमोजिम फाईन काटी कार्वाही गर्ने चेतावनी दिएका छन। कही पनि दुर्घटना भएमा वा  कुनै टेम्पो चालक या बस चालक यात्री संग अभद्र ब्यवहार गरेमा तुरुन्त प्रहरीको नि:शुल्क नंबर १०० मा फोन गरि जानकारी गराउन रौतहटबासीलाई जानकारी  गराएका छन।अर्को पटक ई-रिक्साका चालक बिच अन्तरक्रिया कार्यक्रम रहने प्रहरी नायव निरीक्षक साहले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्