सिरहामा समुन्द्री ह्वेल माछा, हजारौको भिड्
Advertise Here Book Now

नवसंग्राम दैनिक लहान, ८ भदौ । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ । आज विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका हजारौको भिड् लागेको महिला पत्रकार सुधा कर्णले बताए । चोहर्वा सिरहा सडक खण्डको पदमपुर चौकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो । अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्