यादवको १५ अर्ब लगानी आउँदै, पूर्वाधार, सूचना तथा प्रविधि र सेवामा प्राथमिकता
Advertise Here Book Now



शिव अधिकारी यदुवंशी
काठमाडौं । विश्वको यादव समाजद्वारा नेपालमा १५ अर्ब रुयैयाँ लगानी गर्ने तयारी भएको छ । विश्वका विभ्निन देशमा रहेका यादव समाजका व्यवसायीले नेपाली यादव समाजसँग सहकार्य गरेर नेपालको विभिन्न क्षेत्रमा लगानी गर्न लागिएको विश्व यादव समाजका अध्यक्ष स्वदेश यादवले जानकारी दिनुभयो ।
इन्टरनेशनल फेडरेसन अफ यादव चेम्बर्स अफ कमर्सद्वारा शुक्रबार आयोजित इन्डो–नेपाल यादव व्यापार सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्ने बताउनु भयो । मुलुक लामो संक्रमणपछि राजनीतिक स्थायित्व प्राप्त गरेकाले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, बस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।’ नेपालको इतिहासमा अहिलेसम्म कुनै पनि समाजले यस्तो कार्य नगरेको र यादव समाजको यो कार्य सराहनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले यादव समाजलाई सरकारबाट आवश्यक सहयोग हुने प्रतिवद्वता जनाउनु भयो ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता घोषणामा सीमित नहोस् भन्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाएको छ ।’
सम्मेलनका समन्वयकर्ता डा. शिवजी यादवले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई लगानी प्रवद्र्धनको माध्यमबाट कसरी सफल तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलन गरिएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचमा रही आएको पारिवारिक र संस्कृतिक सम्वन्धलाई आर्थिक समृद्धिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको पनि बताउनुभयो । उहाँले सम्मेलन मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धन लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिनुभयो ।
इन्टरनेसनल फेडरेसन अफ यादव च्यामर्श अफ कमर्सका अध्यक्ष सुदेश यादवले रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएकाले सरकारको आर्थिक समृद्धि नारा कार्यान्वयनका लागि हरसम्भव सहयोग पु¥याउने वचन दिनुभयो ।
उद्योगबीच समन्वय, वाणिज्य र व्यापार सुधारका लागि वातावरण निर्माण गर्ने लक्ष्यका साथ गठन भएको इन्टरनेशनल फेडरेसन अफ यादव चेम्बर्स अफ कमर्स नेपालसहित विश्वका १३ मुलुक विस्तार भइसकेको छ । नेपाल र भारतबीच खुला सीमाना र जनस्तरको सम्बन्ध आफँैमा अनुपम रहेको जनाउँदै विभिन्न भातीय उद्योग व्यवसायीले नेपालको आर्थिक विकासका लागि कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा, ऊर्जा विकास र सिमेन्टलगायत क्षेत्रमा लगानी गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रम दुईदिनसम्म चल्ने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्