केही पत्रकारले मेरो चरित्र हत्या गर्दै छन :उपमेयर ठाकुर
Advertise Here Book Now

अमित ठाकुर ।रौतहट ।भाद्र २२।गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छीन । सत्य तथ्य एवं विश्वसनीय समाचार लेख्नुको साटो पूर्वाग्रही सोच राखेर आधारहीन समाचार प्रकाशन प्रसारणले समाजमा पत्रकारिता प्रतिको जनताको विश्वास हराऊदै गएको उनले दावी गरिन । न्यायिक समितिले गरेको कार्यको प्रगति विबरण सार्वजानिक गर्नको लागि नगरपालिका कार्यालयमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै उपमेयर ठाकुरले समाज विकासको कार्यमा सक्रीय भूमिका निर्वाह गर्नुको साटो केहि पत्रकारको क्रियाकलापले रौतहटको सींगो पत्रकारहरुको कार्य प्रति अविश्वसनीयता बढ़दै गएको उल्लेख गरिन । उहाले भनिन पीड़ित महिला ,पुरुष ,बालबालिकाको रक्षको सेवा सुसारको निमित स्थापना गर्न लागिएको मानव सेवा केन्द्रको सम्वन्धमा भ्रमण समाचार प्रकाशन गर्ने कार्य दुखद रहेको छ । सवैको सहयोगमा हुन गइरहेको कार्यमा सहयोग गर्नुको साटो अवरोध पुर्याउने कार्य अशोभनीय भएको जिकिर गरिन । कार्यक्रममा उपमेयर ठाकुरले २०७४ साल माघ १ गते गठन भएको न्यायिक समितिले २ गते देखि कार्य शुभारम्भ गरेको र अहिले सम्म विभिन्न ६१ उजुरी मध्ये ६ वटा निर्णय २२ मिलापत्र र ३२ कार्यवाहियुक्त अवस्थामा रहेको जानकारी गराएका छन । जग्गा खिचोला सम्वन्धी ३१ तथा सार्वजनिक जग्गा सम्वन्धी १२ उजुरी परेको छ ! महिला हिंसा र अभद्र व्यव्हार सम्वन्धी ४ उजुरी दर्ता भएको ठाकुरले बताए । महिला अधिकारकर्मी समेत रहेकी ठाकुरले न्यायिक समितिमा परेको उजुरीको सम्वन्धमा न्याय सम्पादन गर्ने कार्यमा चुनौती बढ़ी रहेको उल्लेख गरिन । उनले भने न्याय सम्पादन गर्न कठिनाई हुने गरेको भए पनि स्थलगत गएर समाधान गर्ने प्रयास गर्दैछु । क़ानूनी जानकारी नहुँदा समस्या हुनु स्वाभाविक रहेको बताइन । कानून व्यवसायीको राय सल्लाह सुझाव लिएर निष्पक्ष रुपमा न्यायको प्रत्याभूति गराउने अभ्यास गरिरहेको उपमेयर ठाकुर ले बताए । संचारकर्मीहरुको प्रस्नको जवावमा आर्थिक वर्ष २०७४ /०७५ मा नगरपालिकाले गैर सरकारी सस्थाको माध्यमवाट २ लाख ९४ हजार ७५० रुपैयाको बृक्षारोपण गराएको बताए । गौरबाट प्रकाशित हुने एक दैनिकले बृक्षारोपणमा २४ लाख खर्च गरेको समाचार प्रकाशित गरेको थियो । चालू आर्थिक वर्षमा पूर्वाधारका ठोस योजनाहरु पारदर्शी ढंगबाट लागु गराउने विश्वास जनाउँदै मदिरा मुक्त गौर नगरपालिका बनाउने अभियान निरन्तरता दिने प्रतिवद्धता जनाए । उपमेयर ठाकुरले न्यायिक समितिको काममा नगर प्रमुख अजय कुमार गुप्ताले सक्दो सहयोग गर्दै आएको जिकिर गरे उपमेयर  ठाकुर ।

अमित ठाकुर ।रौतहट ।भाद्र २२।गौर नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक किरण ठाकुरले पित्त पत्रकारिताले चित दुखाउने काम भएको टिप्पणी गरेकी छीन । सत्य तथ्य एवं विश्वसनीय समाचार लेख्नुको साटो पूर्वाग्रही सोच राखेर आधारहीन समाचार प्रकाशन प्रसारणले समाजमा पत्रकारिता प्रतिको जनताको विश्वास हराऊदै गएको उनले दावी गरिन । न्यायिक समितिले गरेको कार्यको प्रगति विबरण सार्वजानिक गर्नको लागि नगरपालिका कार्यालयमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै उपमेयर ठाकुरले समाज विकासको कार्यमा सक्रीय भूमिका निर्वाह गर्नुको साटो केहि पत्रकारको क्रियाकलापले रौतहटको सींगो पत्रकारहरुको कार्य प्रति अविश्वसनीयता बढ़दै गएको उल्लेख गरिन । उहाले भनिन पीड़ित महिला ,पुरुष ,बालबालिकाको रक्षको सेवा सुसारको निमित स्थापना गर्न लागिएको मानव सेवा केन्द्रको सम्वन्धमा भ्रमण समाचार प्रकाशन गर्ने कार्य दुखद रहेको छ । सवैको सहयोगमा हुन गइरहेको कार्यमा सहयोग गर्नुको साटो अवरोध पुर्याउने कार्य अशोभनीय भएको जिकिर गरिन । कार्यक्रममा उपमेयर ठाकुरले २०७४ साल माघ १ गते गठन भएको न्यायिक समितिले २ गते देखि कार्य शुभारम्भ गरेको र अहिले सम्म विभिन्न ६१ उजुरी मध्ये ६ वटा निर्णय २२ मिलापत्र र ३२ कार्यवाहियुक्त अवस्थामा रहेको जानकारी गराएका छन । जग्गा खिचोला सम्वन्धी ३१ तथा सार्वजनिक जग्गा सम्वन्धी १२ उजुरी परेको छ ! महिला हिंसा र अभद्र व्यव्हार सम्वन्धी ४ उजुरी दर्ता भएको ठाकुरले बताए । महिला अधिकारकर्मी समेत रहेकी ठाकुरले न्यायिक समितिमा परेको उजुरीको सम्वन्धमा न्याय सम्पादन गर्ने कार्यमा चुनौती बढ़ी रहेको उल्लेख गरिन । उनले भने न्याय सम्पादन गर्न कठिनाई हुने गरेको भए पनि स्थलगत गएर समाधान गर्ने प्रयास गर्दैछु । क़ानूनी जानकारी नहुँदा समस्या हुनु स्वाभाविक रहेको बताइन । कानून व्यवसायीको राय सल्लाह सुझाव लिएर निष्पक्ष रुपमा न्यायको प्रत्याभूति गराउने अभ्यास गरिरहेको उपमेयर ठाकुर ले बताए । संचारकर्मीहरुको प्रस्नको जवावमा आर्थिक वर्ष २०७४ /०७५ मा नगरपालिकाले गैर सरकारी सस्थाको माध्यमवाट २ लाख ९४ हजार ७५० रुपैयाको बृक्षारोपण गराएको बताए । गौरबाट प्रकाशित हुने एक दैनिकले बृक्षारोपणमा २४ लाख खर्च गरेको समाचार प्रकाशित गरेको थियो । चालू आर्थिक वर्षमा पूर्वाधारका ठोस योजनाहरु पारदर्शी ढंगबाट लागु गराउने विश्वास जनाउँदै मदिरा मुक्त गौर नगरपालिका बनाउने अभियान निरन्तरता दिने प्रतिवद्धता जनाए । उपमेयर ठाकुरले न्यायिक समितिको काममा नगर प्रमुख अजय कुमार गुप्ताले सक्दो सहयोग गर्दै आएको जिकिर गरे

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्