शहिदनगरको डुमरियामा १५ शैयाको अस्पताल स्थापन गर्न मन्त्री परिषदको निर्णय
Advertise Here Book Now

काठमाडौं भदौ २१ गते  । सरकारले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।


 सो अस्पतालको नाम शहीद सुर्यनाथ रान यादव स्मृति अस्पताल राखिनेछ ।नेकपाका केन्द्रिय सदस्य जोग नारायण बरबरिया(श्रवण बरबरिया) को विशेष पहलमा उक्त अस्पताल निर्माण लगायत नामाकरण परिवर्तन भएको हो साथै आउदो असोज ४ गते सुर्यनाथ रान स्मृति अस्पतालको उदघाटन हुने तय भएको धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले  जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्