सिरहा भन्सार नजिक भारतीय चालक गरे हङामा,के थियोे कारण ?
Advertise Here Book Now

सिरहा, असोज १३ गते । सिरहाको दक्षिणवर्ती माडर बजारमा रहेको बस स्टेशनबाट यात्रु बोकेर भारतको जयनगर पुर्याउने जीप चालकहरुले हंगामा गरेका छन् । भारतीय नम्बर प्लेट र केही नेपाली नम्बर प्लेटका सवारी साधनहरु दैनिक रुपमा यात्रु ओर्सान माडर बस स्टेशनसम्म पुग्ने गरेका छन् । त्यहाँबाट ती सवारी साधनले यात्रु भरेर भारतको जयनगर बजार पुर्याउने गर्छन् । तर शनिवारको दृश्य बेग्लै देखियो । भारतीय नम्बर प्लेटका कमाण्डर जीप, म्याजिकहरु सिमा पारीको बाटो अवरुद्ध गरे । जयनगर जाने सीमा क्षेत्रका बाटोमा उनीहरुले जीप, म्याजिक तेर्साएर राखे । जसले गर्दा आवतजावत पूर्ण रुपले ठप्प भयो । विहानैदेखि सुरु भएको सिमा क्षेत्रमा यात्रु ओसार्ने सवारी चालकहरुको हंगामाले शनिवार फुर्सद पाएर जयनगर हिडेकाहरु अन्यौलमा परे । केही नेपाली नम्बर प्लेटका नीजि सवारीसँगै भाडामा गुड्ने जीप र म्याजिकमा सयौं यात्रु सवार थिए । तर सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रेका भारतीय सवारी चालकले कसैलाई जान दिने स्थितीमा थिएनन् ।
भारतीय सवारी चालकहरुको हंगामाकै कारण भारतीय सशस्त्र सिमा बल(एसएसवी)को टोली पनि घटना स्थलमा पुगे । तर चालकहरुको माग उचित भएकोले उनीहरु तत्काल बाटो खोलाउन सकेनन् । बाटो अवरुद्ध गरेको खबर जिल्ला भन्सार कार्यालय खैरटोका परिसरमा रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा अस्थायी वेससम्म पुग्यो । त्यो खबर फैलिदै ईलाका प्रहरी कार्यालय माडर पनि पुग्यो । लगतै दुवै सुरक्षा निकायबाट प्रहरी टोली बाटो अवरुद्धवारे बुझन घटना स्थल पुगे । घटनास्थल पुगेका नेपाली सुरक्षा निकायको अनुरोधमा बाटो खुल्ने सम्भावना कम भयो । यता सयौं यात्रुहरु बाटो खुल्ने ब्यग्र प्रतिक्षामा थिए । लामो रस्साकस्सीवीच नेपाली सुरक्षा निकायका अधिकारी, सिमाक्षेत्रमा यात्रु ओसार्ने आन्दोलन गर्ने भारतीय सवारी चालक र भारतीय एसएसबीले सम्झौता गरे । उनीहरुले जसरी पहिले निर्वाध रुपमा सवारी ओहोर दोहोर गथ्र्यो त्यसैगरी गर्ने भद्र सहमति भयो र बाटो ३ घण्टा पछि सुचारु भयो । आखिर भयो के ?
माडर बस स्टेशनसम्मै यात्रु ओर्सान दैनिक पुग्छन् भारतीय नम्बर प्लेट सहितको ३०/३५ वटा कमाण्डर जीप, म्याजिकहरु । भारतीय नम्बर प्लेटका जीपसँग सीमा र भन्सारको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी अस्थायी वेस खैरटोकाका इन्र्चाजले मासिक २ हजार रुपैयाँ माग्न थाल्यो । ५० रुपैयाँको छुट पूर्जिमा बस स्टेशनसम्म पुग्ने गरेका ती सवारी साधनका चालकहरुले सशस्त्र प्रहरी सिमा सुरक्षा बेस क्याम्पसका इन्चार्जले २ हजार रुपैयाँ मासिक माग्न थालेपछि आफूहरु अन्यौलमा परेको सुनाए । उनीहरुले पैसा नदिने निधो गर्दै भारतीय सुरक्षा अधिकारी र सरोकारवालालाई यसवारे जानकारी गराएको दिनेश यादवले बताए । त्यस लगतै उनीहरुले सिमाक्षेत्रमा बाटो अवरुद्ध गर्न पुगे । बाटो अवरुद्ध गरेका भारतीय नम्बर प्लेटका सवारी चालक दिनेश यादवले भने, ‘हामीले भन्सारमा दैनिक ५० रुपैयाँमा छुट पूर्जि कटाएर यात्रु ओसादै आएका थियौं । तर हामीसँग इन्चार्ज साहावले महिनावारी पैसा माग्यो । हामी पैसा किन दिनुपर्यो ? त्यै भएर बाटो छेक्यौं ।’

यसवारेमा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सिरहाका प्रवक्ता डिएसपी प्रेम रावलले भारतीय सवारी चालकले बाटो अवरुद्ध गरेको र समन्वय गरेपछि खुला भएको बताएका छन् । बाटो अवरुद्ध किन गर्यो ? भन्ने विषयमा उनले केही बताउन चाहनु भएन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्