सिपलाई श्रममा श्रमलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा:मेयर बरबरिया
Advertise Here Book Now

धनुषा असोज १३ गते ।मांशी कृषि सहकारी लिमिटेडले आज सफलता पुर्वक छैठौं वार्षिक सधारण सभा सम्पन्न भएको छ ।शहिदनगर नगरपालिकाको डुमरियामा एक कार्यक्रम बिच साधारण सभा मनाएको हो ।"दिगो विकास लक्ष्य प्राप्तीका लागी सहकारी नाराका साथ शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको प्रमुख आतिथ्य एवम उपेन्द्र यादबको अध्यक्षता भएको कार्यक्रममा बोल्दै मेयर बरबरिया मांशी कृषि सहकारीलाई सुभकामना दिदै आगामी दिनमा कार्यक्रमको सफलताको कामना गर्नुभएको छ ।सिपलाई श्रममा श्रमलाई उत्पादनमा र उत्पादनलाई समृद्धिमा रुपान्तरण गर्नु भर्नेमा जोड दिदै यस सहकारीले राम्रो काम गरेको हुनाले आज छैठौं साधारण सभा मनाएको छ ।यसका साथै डुमारियामा रहेका शहिद सुर्यनाथ राण स्मृति अस्पताललाई हामी छिटै सन्चालनमा ल्याउदै छौ यस अस्पतालमा केही व्यक्तिले भ्रम छिर्ने काम गरेको आरोप लगाउनु भएको छ यस भ्रममा नपर्न सम्पुर्णलाई आग्रह गर्नुभएको छ ।धनुषा बचत ऋण सहकारीका अध्यक्ष ध्रुव नारायण यादव,सुपरजोन धनुषाका प्रमुख शिव रत्न शाह वडा अध्यक्ष तनुक लाल यादव, पत्रकार ओम प्रकश शाह,पत्रकार नरेश चन्द्र बरबरिया रुपेश बिराजी लगायत स्थानीयहरुको सहभागी रहेको थियो ।
अध्यक्ष ध्रुव नारायण यादवले बोल्दै आज यस कार्यक्रमा सहभागी हुँदा निकै खुशी लागेको छ सर्वप्रथम मांशी कृषि सहकारी साधारणको छैठौं वार्षिक सभा सुभकामना कामना गर्दै आजको दिनमा सहकारी प्रत्येक वडामा पुग्नु जरुरी रहेको छ ।ज्ञान शिप भए मात्र विकास सम्भब छ । छोरा छोरीलाई समयमै शिक्षा आवश्यक रहेको यादवले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्