पर्यटन विकासको सम्भावनालाई उजागर गर्न उद्दोग,राज्यमन्त्री मण्डल
Advertise Here Book Now

पर्यटन विकासको सम्भावनालाई उजागर गर्न उद्दोग,पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डल आज मठिहानी नगरपालिकास्थित मठिहानी मंठ को अवलोकन भ्रमण गर्नुभएको छ । सो भ्रमण पश्चात नगरपालिका पदाधिकारी संग अन्तरक्रिया कार्यक्रममा बाल्दै मधेशको विकासको लागी प्रदेश सरकारको अग्रणी भुमिका रहेपनी केही प्राविधिक कारण वस कार्य सम्पादनमा गतिरोध सृजना भइरहेकोले अधिकार सम्मपन्न प्रदेशले मात्र विकासलाई तिव्रता दिन सक्ने कुरा औल्याउनु भएको छ ।
त्यसैगरी
हरित प्रदेश अभियान कार्यक्रम अन्र्तगत आज प्रदेश नं २ को ८ वटै  जिल्लामा ५०००० भन्दा बढी वृक्ष रोपन कार्य प्रारम्भ गरिएको छ । मठिहानी नगरपालिकाको वडा नं ६ मा अवस्थित जलसागर पोखरीको किनारमा उद्दोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले रुख रोपेर कार्यक्रमको उदघाटन गर्दै विभिन्न प्रजातीका २५०० रुख विरुवा स्थानियको सहभागितामा रोपेको छ । वृक्षारोपन कार्यक्रम पश्चात अन्तरक्रिया कार्यक्रममा भागलिदै वातावरण संरक्षणमा रुखविरुवाको भुमिका र प्रदेश सरकारको निति बारे पनि स्पष्ट पार्नु भएको थियो । सो अन्तरक्रिया कार्यक्र्रममा जिल्लाका जिल्ला समन्वय समितिका अध्यक्ष, वन निर्देशक, प्र्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपली सेनाका मेजर, रष्ट्रिय अनुसन्धानको जिल्ला प्रमुख, डिभिजन वन कार्यलय धनुषाका प्रमुख लगायत राजनितिक दल र सर्वसाधरणको उल्लेख्य उपस्थिति रहेको थियो । तथ्यांकअनुसार हाल प्रदेश नं २ मा ४.३६ प्रतिशत मात्र वन रहेको र मानव बसोवासका लागी कमसेकम ४० प्रतिशत वन आवस्यक रहेकोले प्रदेश नं २ को जनसख्याकालागी बृक्षारोपन कार्य अति नै महत्वपुर्ण रहेको कुरा कार्यक्रममा सहभागी वन तथा वातावरण विज्ञहरुले जानकारी गराउनुभएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्