सिरहाको माडरमा हुने दैनिकी दुर्गा आरतीमा राज्य मन्त्री मण्डल
Advertise Here Book Now

नरेशचन्द्र बरबरिया,सिरहा आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ ।
माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ ।देशै भरी आज विशेषसिद्धिदात्री देवीलाई ब्रम्हाण्डमाथि बिजय प्राप्त गर्ने देवीको स्वरुपका रुपमा लिइन्छ । आजको दिन विभिन्न शक्तिपीठमा सिद्धिदात्रीको पूजा हुन्छ ।
उक्त अबसरमा सिरहा नगरपालिका १६ स्थित माडर दुर्गा मन्दिरमा प्रदेश २का उद्योग,पर्यटन,बन तथा बाताबरण राज्यमन्त्री माननीय सुरेश मण्डल लाई  दुर्गा मन्दिरको गेटमा मा दुर्गा प्रतिस्ठान माडरका अध्यक्ष शम्भु यादबले माला दोसल्ला ओढाएर भब्य स्वागतका साथ  सम्मान गरेको छ ।स्वागत कार्यक्रम पश्यात मा दुर्गा मन्दिरको परिसर भित्र दैनिक रुपमा हुने दुर्गा आरतीमा पनि सहभागी जनाएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्