नयाँ जेनरेसनले मौलिकता हराउँदै : सांसद यादव
Advertise Here Book Now

आमाबुवा अनुभवका खानी रहेको भन्दै उनले उनीहरुलाई सम्मानपर्बक पालनपोषन गर्नु संतानको दायित्ब रहेको बताएका छन् । युवापुस्तामा मौलिकता र संस्कारको कमी देखिएकोले यसलाई कायम राख्नका लागि सबैलाई आ–आफ्नोे स्तरबाट सहयोग गर्न उनले आग्रह गरेका छन् । जेष्ठ नागरिकको संरक्षण सम्बद्र्धनका लागि आफु पछि नहटने भन्दै सांसद यादबले आफ्नो जरुरी परेको बेलामा आबश्यता बमोजिम सहयोग गर्न तयार रहेको स्पष्ट गरेका छन् । देशको शिक्षा निति पनि सम्मानजनक नरहेकोले यसलाई परिमार्जन गर्नुपर्ने आबश्यक्ता रहेको समेत उनले औल्याए् । यो क्षेत्रलाई नमुना बनाउने लक्ष्य रहेकोले सबैलाई हातेमालो गरेर लाग्नु पर्नेमा सांसद यादबले जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले अभिभावकहरुले जहिले पनि बर्तमान नभई आफ्ना सन्तानको भबिष्यको लागि सोच्ने गरेको भएपनि संतानले बृद्ध आमाबुवालाई हेला गर्ने गरेको देखेर दुख लागिरहेको बताएका छन् । पश्चिमी मुलुकको प्रभाबले नेपालमा पनि यस्तो अबस्था आएको भन्दै राजपा नेपालका सह–महामन्त्रि समेत रहेका राज्यमन्त्रि मण्डलले संस्कार परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । बृद्धबृद्धालाई सम्मानित जिवन जिउनका लागि बृद्धाश्रममा जोड नदिई सोच र संस्कार परिबर्तनमा लागनु पर्ने उनले बताए ।

सिरहा निर्वाचन क्षेत्र नं. ४ “क” का प्रदेश सभा सदस्य दिलिप कुमार साहले समाजिक परम्परालाई हटाएर युवाहरुले नयाँ संस्कार कायम गर्नमा लागेकोले सबैलाई सचेत हुनु जरुरी रहेको बताएका छन् । जेष्ठ नागरिकाको भबनका लागि जग्गा खोजी गर्न आग्रह गर्दै उनले भबन निर्माणका लागि आफुले आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह–महामन्त्री डा. सुरेन्द्र कुमार झाले मातापिताले यहाँसम्म पुर्याएको भन्दै उनीहरुलाई आबश्यक्ता भएको बेला आफुहरु तयार रहने बताएका छन् । आमाबुबाबाट संन्तानले पनि पाठ सिक्नुपर्ने भन्दै उनले हाबी भईरहेको कुसंस्कारबाट अलग बस्नु पर्नेमा जोड दिएका हुन् । संस्थालाई अगाडी बढाउने अभिभारा आफुहरुमाथी रहेकोले यस अभियानलाई समय सापेक्ष अनुसार लागिने समेत उनले प्रतिवद्धता ब्यक्त गरेका छन् । समाजका अध्यक्ष राधाकृष्ण साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
सुर्योदय सामुदायिक विकास केन्द्र मटियर्वामा शुभकामना आदानप्रदान
नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दीपावली र छ्ठ पर्वको अवसरमा सुर्योदय सामुदायिक विकास केन्द्र मिर्चैया नगरवालिका बडा नं. ६ मटियर्वाले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । संस्थाका अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा सिरहा सिरहा निर्वाचन क्षेत्र नं. ४ “क” का प्रदेश सभा सदस्य दिलिप कुमार साह, राजपाका केन्द्रिय सदस्य अनिल महासेठ, नेकपाका नेता किशोरी साह, उद्योग बाणिज्य संघ मिर्चैयाका सचिव भरत महासेठ लगायतका संस्थाका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
