९० बर्षीया वायोवृद्धसहित दर्जनौ रक्तामय, मिर्चैया प्रहरीको नजरमा समान्य घटना
Advertise Here Book Now


नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २ कात्तिक । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुरमा कात्तिक १ गते साँझ ७ बजेतीर हरेराम यादवसहित उनका घरपरिवारमाथी वडाध्यक्षको समूहले हमला गरेको छ । हरेराम यादवले दशैंको खसी काटेको भोज गर्र्दै गरेको अवस्थामा वडाध्यक्ष हरि कुसियतका समूहले गालीगलौज गर्दै कुखुरी, रड, बाँसको लठीले प्रहार गरी हरेरामका घरपरिवारका सदस्यहरुमाथी प्रहार गरेको छ ।
कुखुरी प्रहारबाट हरेराम यादवका घरपरिवारका सदस्यहरुको टाउको र पिठ्युमा चोट लागेको छ भने अधिकांशको टाउको फुटेको छ । घाईते हुने हरेराम यादव, योगेन्द्र कुसियत, गैनाई कुसियत, ९० बर्षीया सिँगेश्वरी देवी, तिर्थलाल यादव, विन्दादेवी, लाल, राजकुमारी यादवलगायतका छन् । उनीहरु रक्तामय भएर उपचारको लागि मिर्चैयाको मंगलम अस्पतालमा भर्नामा रहेको जानकारीमा आएको छ ।
एक सयको समूहमा आएका वडाध्यक्षपक्षले हरेराम यादवपक्षलाई मरनाशन कुटपिट गरेको छ । स्थानीय निर्वाचनमा हरेराम थोरै मतले वडाध्यक्षमा पराजय भएपछि उनले विकास निर्माणको लागि पटक पटक आवाज उठाउँदै आएपछि वडाध्यक्ष हरि कुसियतले आफ्ना प्रतिपक्षले समस्या गर्दै आएको भन्दै पटक पटक विवाद हुँदै आएको छ । वडाध्यक्ष हरि कुसियत माओवादीबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् भने हरेराम यादव संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवारी दिएका थिए । घटनावारे ईलाका प्रहरी कार्यालय मिर्चैया प्रहरीको मोबाईल नम्बर ९८५२८३४३४२ मा सम्पर्क गर्दा समान्य ,खासै त्यस्तो छैन, पाँच जना मात्रै घाईते भएको हो । अरु विस्तृतको लागि मोवाइल नम्बर ९८५२८९००४२ मा सम्पर्क गर्नु होला । त्यस मोवाईलमा सम्पर्क गर्दा यो घटनावारे समाचारको लागि दिन नमिल्ने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले यसअघि यस्तै घटनामा आफ्नापक्षलाई बचाउको लागि मिर्चैया प्रहरीका डिएसपी नै फेरिदिएका थिए । फेरिएपछि दिपेन्द्र साह ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी भएर आएका छन् । मन्त्री मातृका यादवको फोर्समा आएको डिएसपी साहले यो घटनाका दोषीलाई कारवाही नगर्ने र समाचार लुकाउँन खोजेको आरोप छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्