बंगलादेशमा नेपाली बिद्यार्थीहरुले मनाए दशैँ....
Advertise Here Book Now

बंगलादेशमा नेपाली बिधार्थीहरुले दशैँ मनाएका  छन् ! शुक्रबार दशमीका दिन ढाकास्थित म्यानडी डेन्टल कलेजमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशद्वारा आयोजना गरिएको ''दशैँ फेस्ट २०१८ '' मा विभिन्न मेडिकल कलेजहरुमा अध्ययनरत नेपाली बिधार्थिहरुको उल्लेखनीय सभागिता रहेको थियो !  टिका कार्यक्रम ,डिजे म्युजिक ,म्युजिकल चेयर ,बिङ्गो ,नेपाली मोमो ,नेपाली  खाना आदि उक्त कार्यक्रमका  आकर्षण रहेका थिए ! कार्यक्रमका प्रमुख अतिथि  बंगलादेश स्थित नेपाली राजदुतावाशका डीप्युटि चिफ अफ मिसन धन बहादुर ओलीले सहभागी बिधार्थीहरुलाई टिका लगाउनुका  साथ साथै प्रसाद वितरण गर्नु भएको थियो !
प्रमुख अतिथि ओलीले विदेशि भुमिमा भएतापनि यस्ता किसिमका कार्यक्रमले  बिदेशमा स्वदेशको अनुभूति दिलाएको भन्दै कार्यक्रम आयोजक एवं सहभागी सम्पुर्णलाई धन्याबाद दिएका थिए !
त्यसै गरि कार्यक्रममा अमेरिकि समाजसेवी जोन अर्म्स्त्रोङ           एवम बाङ्लादेश का अन्य ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो !
नेपलीज मेडिकल स्टुडेन्टस एसोसिएसनका अध्यक्ष नबिन यादब ले एकदम कम समयमा पनि कार्यक्रम सफल भएको ले  सहभागी सम्पूर्ण नेपाली बिद्यार्थी एवम सहयोगिहरु लाई धन्यवाद ग्यापन गरे !
कार्यक्रम लाई  एभरेष्ट ट्राभल्स एन्ड टुर्स ले सहयोग गरेका थिए ! पढाईका कारण राष्ट्र चाडमा स्वदेश फर्कन नसकेका बिद्यार्थीहरुलाई आयोजकले एक्छिन भएनी स्वदेश्को अनुभुती दिलाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्