अश्लिल क्रियाकलापमा सँलग्न महिलासहित पाँच नियन्त्रणमा
Advertise Here Book Now

लहान, ५ कात्तिक । सिरहाको वरियारपटि चौक स्थित रहेको एक होटलबाट आईतवार राती ११ बजेतीर अश्लिल क्रियाकलापमा संलग्न रहेको पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीयहरुलाई महिला र मदिराप्रति आकर्षण गर्न गराउँन सिमाक्षेत्रका स्थानीय होटलवालाहरुले अश्लिल क्रियाकलाप गर्दै आएको छ । वरियारपट्टी स्थित रहेको होटलबाट अश्लिल क्रियाकलापमा रहेका भारत विहारको मधुबनीको बरुवार बस्ने काशिनाथ सिंह, मुकेश सहनी, उषान्त सहनी, विजयकुमार यादवलाई वरियारपटी प्रहरीले नियन्त्रणमा लिएका छन् । यसैगरी, रौतहटकी १६ बर्षीया राधा सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वरियारपटीमा यस्ता होटल तीन वटा रहेको छ । सिरहाको सिमावर्ती बजारहरु माडर, झाझपट्टी, ठाडी, बरियारपटीलगायतको ठाउँमा मदिरा पसलमा अश्लिल क्रियाकलाप हुँदै आएको छ । सिमाक्षेत्रको होटलहरु भारतीय ग्राहकले ज्यादत्तर चल्ने गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्