सिरहा : समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुभारम्भ
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, ११ कार्तिक । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले नेपाल प्रहरीले आइतबारदेखि सिरहाको मिर्चैया सहित देशभरी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेको हो । अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउन र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले सिरहाका सबै स्थानीय तहसँग संस्थागत साझेदारी अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिएका छन् । 
जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख र अध्यक्षहरुले समुदाय र प्रहरी साझेदारी सम्झदारी पत्रमा हस्ताक्षर गरी प्रतिवद्धता जनाएर अभियान सुरु गरेको हो । अभियानलाई जिल्ला, नगर, गाउपालिका, वडा, विद्यालय र टोल टोलमा समिति गठन गरी अगाडी बढाउने उनले बताएका छन् ।  
समाजमा हुने विभिन्न खाले अपराध नियन्त्रणमा प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रम बैलुन उडाएर सञ्चालन गरिएको ईलाका कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले बताए । 
केन्द्र, सबै प्रदेश र ७७ वटै जिल्लामा एक साथ सञ्चालन गरिएको कार्यक्रमले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि महत्वपूर्ण होबाक विश्वास गरिएको छ । ‘हर प्रहर, गाउँ नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रम देशभरका टोल टोलमा सञ्चालन गरिनेछ । 


Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्