लहान २४ को बलात्कार काण्ड सार्वजनिक
Advertise Here Book Now

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० कात्तिक । सिरहाको लहान २४ मलहनमाका एक युवतीलाई बलात्कार गरी उखुवारीमा फालेको अवस्थामा स्थानीयवासीले उद्धार गरेका छन् । दुर्गा मेला हेरेर साँझतीर साईकलमा घर फर्किरहेकी नजानकी (नाम परिवर्तन)लाई तीन चार जना केटाले जर्बजस्ती करणी गरी उखुबारीमा फालिएको थियो ।
बलात्कारीहरुले उनी चढेको साईकललाई रोकी उखुबारीतर्फ लैजान प्रयास गर्दागर्दै बलात्कार गरेको विशेष स्रोतको दावी छ । घटना कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेको अवस्थामा उनलाई बलात्कार गरिएको छ । बलात्कार भएको घटना सार्वजनिक नभएपछि केही दिन प्रहरी, पत्रकार र अधिकारकर्मी समेत अन्यौलमा परेको थियो ।
बलात्कृत युवतीको कात्तिक ३ गते बेलुका ५ बजेर ४५ मिनेटमा लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनावारे खोजखबर जोरतोड चलेपछि ईलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी हालिएको छ । १९ बर्षीया अविवाहितलाई बलात्कार गरेको आरोपमा तीन जनामाथी उजुरी परेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । बलात्कारीहरु फरार रहेको छ भने घटनामा राजनीतिक लेप समेत लाग्दै आएको अर्का एक स्रोतको दावी छ ।

अधिकारकर्मीहरु भन्छन् घटनाका मुल अपराधीलाई कडा कारवाही गर्नुपर्छ । तर, राजनीतिक वहानामा निर्दोषलाई फसाउँने काम कद्दापी न्यायोचित नहुने बताएका छन् । यहाँ लहान अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा प्रहरीको ड्युटीमा कमजोरी भएको तथ्य सार्वजनिक भएको छ । घटना भएको सात दिनसम्म अन्यौलमा रहँदा नवसंग्राम दैनिकले सत्यतथ्य पता लगाउँन अधिकाँश सरोकारवाला निकायसंग खोजखबर गरेका थिए । सोहीक्रममा फेसबुक वालमा घटनाको सानो चर्चा समावेश गर्दा आज मात्रै सार्वजनिक भएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्