‘भोट लिएकोले अपराधीको कुरा पनि सुन्नुपर्छ, तर प्रहरीले संरक्षण दिन्छन्’
Advertise Here Book Now

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १७ असोज । म जनताको भोट लिएको छु । मलाई अपराधीको कुरा पनि सुन्नुपर्छ । तर,प्रहरी प्रशासन आफ्नो योग्यता र क्षमताले काममा आएको हो । उनीहरु अपराधीलाई संरक्षण दिइरहेको विष्णुपुर गाउँपालिकाका प्रमुख जागेश्वर यादवले बताउँनुभयो । सिरहाको विष्णुपुरमा मंगलवार सुरक्षा र न्याय क्षेत्रका सरोकारवाला तथा संचारकर्मीबीच संवाद कार्यक्रममा प्रमुख यादवले प्रहरी प्रशासनले अपराधीलाई संरक्षण दिएकै कारण दहेज, बालविवाह, महिला हिंसा, बलात्कार, लुटपाटजस्ता घटना बढ्दै गएको उहाँले बताउँनुभयो । समाजमा बढ्दो विकृतिले न्याय दिलाउँन अधिकारकर्मी, पत्रकार, समाजिक अभियन्ता छटपटाईरहेको छ अनि प्रहरीहरु गुण्डागर्दीमा उत्रिएको प्रमुख यादवले बताउँनुभयो । प्रमुख यादवले जबसम्म प्रहरी प्रशासन इमान्दार हुंदैन तबसम्म पीडितले उचित न्याय नपाइने भन्दै समाजमा शिक्षा र सचेतनाको आवश्यकता रहेको बताउंनुभयो । ईलाका प्रहरी कार्यालय विष्णुपुरका ईचार्ज मो.नुरुलले हत्या, महिला हिंसा, बलात्कार जस्ता अपराधिक घटनाको मुख्य कारण लागुऔषध र जाडरक्सी नै रहेको बताउंनुभयो । जनचेतना, शिक्षा, कारवाही, इज्जत प्रतिष्ठाको कारण महिला हिंसा बढेको भन्दै ईचार्ज नुरुलले कानुनको जानकार नभएको कारण दाईजो, बालविवाहको उजुरी नआएको अवस्था रहेको बताउंनुभयो । महिला निगरानी समुहकी संयोजक चन्द्रकुमारी महराले उमेर नपुग्दै केटाकेटी प्रेममा फस्ने गरेकोले बालविवाहको बढावा हुने गरेको भन्दै यस्तो घटनामा केटालाई प्रहरी हिरासतमा राखिने र केटीलाई बालवस्थामै विवाह गर्ने गरेको बताइन् । महिला निगरानीकी सचिव रेखा महतोले यो समाजमा महिला भन्दा पुरुष हिंसामा परेको भन्दै अधिकारकर्मीले सचेत गर्दा उल्टो पिडकपक्षबाट समस्या खेप्नु परेको बताइन् । दलित जनकल्याण युवा क्लब लहानका उमेश विसुन्केले समाजिक विकृति कुसंस्कार हटाउंन लैगिंक विषयमा पठ्नपाठ्न गराउंनुपर्ने । शिपमुलक शिक्षा, सडक नाटक, प्रचारप्रसारलगायतको कार्य अघि बढाउंन जोड दिनुभयो ।
महिला निगरानी समूहकी बविता मिश्राले छोराछोरीलाई समान व्यवहार गरियो भने प्रेम गरेर उनीहरु नभाग्ने भन्दै छोरीलाई घरमा यातना दिंदा विकल्प खोज्ने गरेकोले प्रेम गरेर भाग्ने गरेको छ । दहेजको कारण छोरी समस्यामा पर्ने गरेको छ । बैदेशिक रोजगारको कारण महिला हिंसा बढेको छ भने महिलाको चिनारी सुन्दुर हुने भएकोले पुरुषहरु बहुविवाहमा फस्ने गरेको बताइन् । कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले गर्नुभएका थिए भने सर्च फर कमन ग्राउन्डका सिरहा संयोजकले कार्यक्रमवारे प्रकाश पार्नुभएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका रामनारायण यादव, वडाध्यक्ष कपिलदेव यादव, ट्राफिक प्रहरी मिचैयाका संजय सिंहलगायतले सिमान्तकृतवर्गको न्यायमा पहुंचवारे चर्चा गर्नुभएका थिए । यसैगरी, बरियारपट्टीमा दहेज न्यूनिकरणको लागि महिला जागरणलाई सक्रिय पार्नुपर्ने वरियारपट्टि गाउंपालिकाका प्रमुख सन्तोषकुमार महतोले बताउंनुभयो । सर्च फर कमन ग्राउण्डको सहयोगमा सोमवार नेपाल पत्रकार महासंघ सिरहाले आयोजना गरेको सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीबीच सम्वाद कार्यक्रममा प्रमुख महतोले महिला हिंसा, घरेलु हिंसा तथा बालविवाहलाई न्यूनिकरण गर्नको निम्ति टोल टोलमा अभियान टोली बनाउंनुपर्छ । यस्ता सामाजिक विकृति खास गरेर लोकल मदिरा, लागुऔषध र वैदेशिक रोजगारको कारण बढ्दै गएको गापा प्रमुख महतोले बताउंनुभयो । ईलाका प्रहरी कार्यालय वरियारपट्टीका ईन्चार्ज हिरालाल यादवले आजपनि दलित बालबालिका विद्यालय बाहिर रहेको छ । १० प्रतिशत दलित बालबालिका मात्रै विद्यालय पुग्ने गरेको बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका सचिव रोयान्टर मण्डलले ग्रामिण दुरदराजसम्म पत्रकारको पहुंच कम रहेकोले यसको लागि गरिब दलित पीडितसम्म पहुंच बनाउंन निष्पक्ष वातावरणको जरुरी रहेको बताउंनुभयो । भूमिहीनको अवस्थामा पुगेकी आफ्न्तबाट पीडित भएकी रामपरि साफीले ‘गरिबले समाजमा उचित न्याय नपाएर अदालत पुग्न बाध्य बनाएको छ । उनीसंग रहेको घरजग्गा आफन्तले नै अतिक्रमण गरी भूमिहीन बनेकी छीन् । महिला निगरानी समुहकी शिला यादवले मेरै छिमेकीमा १३ बर्षीया बालिकालाई विहा गरियो । बालविवाह नगर्न आग्रह गर्दा उनीहरुले हामीलाई नै विभिन्न किसिमको आरोप लगाएर धम्की दिएको बताउंनुभयो । सर्च फर कमन ग्राउन्डका संयोजक श्रमलाल चौधरीले कार्यक्रमवारे जानकारी दिनुभएका थिए भने नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर गुप्ताले संचालन गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्