सिरहामा कबिर नाटक सम्पन्न,नाटकमा हजारौंको सहभागी
Advertise Here Book Now

 नरेश चन्द्र बरबरिया सिरहा असोज १८  गते ।            मिथिलाअञ्चलको महान पर्वको रुपमा मनाउने कठोर  जितिया पर्वको अवसरमा कबिर नाटक सम्पन्न भएको छ सिरहा नगरपालिकाको वडा न.१७ लचका टोल ईनर्वामा मंगलबार,बुधबार दुई दिन सम्म कबिर नाटक देखाएको थियो  ।सदगुरु कबिर सम्मेलन लचकाटोल द्वारा आयोजनामा भएको  नाटकमा हजारौंको संख्यामा  दर्शकहरुको सहभागी रहेको थियो । उक्त सन्त सम्मेलनमा नेपाल देखि  भारतका  साधुसन्तहरुलाई निमन्त्रणा गरि भोजन(भन्डारा)को व्यबस्था समेत गरेको स्थानीय गोपी पासवानले जानकारी दिए। लचकाटोल बासीहरुको सक्रियतामा उक्त स्थानमा कृष्ण जन्मअष्ट्मी र बैशाख १ गते राज शल्हेश मेला लगाउने मेलाका अध्यक्ष सन्तु पासवानले बताए । नाटक हेर्न आसपासका गाउँबाट महिला,वृद्ध,बच्चा,लगायतको उल्लेखनीय उपस्थित रहेको थियो 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्