रासायनिक मलमा भएको अनियमिता रोक्न सरोकारवाला ताते
Advertise Here Book Now

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ६ कात्तिक । रासायनिक मलमा भइरहेको अनियमितता हटाउँन कृषक समूह महासँघ सिरहाको अगुवामा सरोकारवालाबीच आज छलफल गरेको छ । किसानलाई वितरण गर्न ल्याइने मल बीच बाटौबाटै व्यापारीहरुलाई बिक्री गर्ने गरेको खुलासा भएको छ । यसलाई रोक्न तथा कृषकसम्म तोकिएको मूल्य रासायनिक मल पुर्याउँन कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिँगसँग माग गरेको छ । 

लहानमा भएको बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरोजकुमार यादव, कृषि सामाग्री लि. लहानका प्रमुख चन्द्रप्रसाद चौलागाई, साल्ट टेडिंगका सन्तोषकुमार महतो, संघीय समाजवादी फोरमका बादल यादव, कृषि सहकारी सँघका मागैन महतो, कृषक समूह महासँघ सिरहाका अध्यक्ष प्रदीपकुमार सिंह, नेपाल पत्रकार महासँघ सिरहा लहानका अध्यक्ष दिनेश्वर गुप्तालगायत छलफलमा रहेको कृषक समूह महासँघका केन्द्रीय सदस्य मुक्तिनारायण यादवले बताए । केन्द्रीय सदस्य यादवले रासायनिक मलमा भइरहेको अनियमिता रोक्न प्रशासनसमक्ष पटक पटक बैठक बसेपनि हालसम्म यसमा कुनै प्रगति नभएकोले यस पटक कडा रुपमा जानुपर्ने बाध्यता रहेको बताए । अगामि बैठक जिल्ला प्रशासन कार्यालयमा बस्ने तयारी गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सहकारी संस्थाहरुबाट वितरण गरिँदै आएको रासायनिक मल किसानसम्म नपुग्दै बीचबाटोबाट व्यापारीहरुलाई विक्री वितरण गर्दै आएको तथ्य बाहिर आएकोे हो ।सरकारले कृषि सामग्री मार्फत कृषि उत्पादन बढाउनका लागि सहुलियत मुल्यमा रासायिनिक मल उपलब्ध गराएपनि कृषि सामग्री लहानले दलालहरुसँग मिलेर व्यापारीहरुलाईबीच बाटोबाटै बिक्रीवितरण गर्ने गरेको किसानहरुको दावी छ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा सहरकारी संस्थामार्फत किसानलाई रासायनिक मल पुर्याउनु पर्ने हुन्छ । तर अधिकांश सहकारी संस्थाले आवश्यकता भन्दा बढी रासायनिक मल लैजाने गरे पनि सो मल किसानसम्म नपुगी सहकारी संस्थालेबीच बाटोमै विक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको लहान ३ का किसान सत्यनारायण महतोको गुनासो छ ।

सहकारी संस्थाले तोकिएको मूल्ययभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले महँगोमा मल किन्नुपर्ने बाध्यता रहेको सामग्रीमा मल लिन आएका लहान ८ का किसान शिवशँकर महतो बताए । सरकारले किसानलाई ५० किलोको युरिया मल प्रतिबोरा ९ सय ५२ रुपैयाँ निर्धारण गरेको छ भने ५० केजीको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय एक, पोटास मल प्रतिबोरा एक हजार छ सय एक र २५ किजीको जैविक मल प्रतिबोरा एक सय ५१ रुपैयाँ तोकेको छ । तर अघिकांश सहकारी संस्थाले ढुवानी खर्चको नाममा प्रति बोरा ४ सयदेखि ५ सयसम्म थप रकम लिएर चर्को मूल्यमा रासायनिक मल बिक्री गर्ने गरेको किसानहरुको गुनासो रहेको छ । सामाग्री प्रमुखले यत्तिबेला लहानमा डिएपी एक सय टन र युरिया साढे ४ मेट्रिक टन रासायनिक मल स्टोरमा रहेको बताए ।

सहकारी संस्थाले रासायनिक मलको उचित मूल्य निर्धारण गर्न सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेड सिरहा लहान शाखाका कर्मचारीहरुले सहकारी संस्थाहरु संगको मिलोमतोमा यस्तो कालोबजारी गरिरहेको छ । कात्तिकदेखि देशभर गहुँबालीको समय सुरु हुन्छ । गहुँबालीलाई करिब ६० हजार डीएपी र ८० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । सरकारले किसानलाई सहुलियतमा उपलव्ध गराउँदै आएको रासायनिक मल कालोबजारी हुने गरेको छ । यसैबीच, मल स्टोर गर्ने ठाउँ नरहेको अवस्थामा सिरहा स्थित १८ कठ्ठा जग्गामा निर्मित स्टोर कोठा पाँच हजारमा मात्रै भडामा लगाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्